Logo

हेल्थ एट होमले डेङ्गु रोगीलाई सुरू गर्यो निःशुल्क स्वास्थ्य परामर्श सेवा

हेल्थ एट होमले डेङ्गु रोगीलाई सुरू गर्यो निःशुल्क स्वास्थ्य परामर्श सेवा



काठमाडौं । घरघरमै पुगेर स्वासथ्य सेवा दिँदै आएको हेल्थ एट होम मेडप्रो इन्टरनेशनलले पाटन जेसिससँगको सहकार्यमा डेङ्गु रोग पीडितलाई निःशुल्क स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउन सुरु गरेको छ ।

laxmi

पछिल्ला दिनमा राजधानी लगायत देशभर डेङ्गु संक्रमित तिव्र रुपमा फैलिरहेका बेला हेल्थ एट होमले यस्तो सेवाको सुरुवात गरेको हो । कम्पनीले बिरामीलाई आवश्यक परामर्श, उनीहरुले स्वस्थ हुन अवलम्बन गर्नुपर्ने कुराहरुका विषयमा निःशुल्क परामर्श सेवाको सुरुवात गरेको हो । साथै, बिरामी अस्पताल जान नसक्ने अवस्थामा घरमै स्वास्थ्य सेवा आवश्यक परेमा समेत स्वास्थ्य उपचारको व्यवस्था मिलाएको छ ।

कम्पनीले यसअघि काोभिड महामारीको समयमा समेत निशुल्क स्वास्थ्य परामर्शको व्यवस्था मिलाएको थियो भने घरघरमै पुगेर उपचार गर्ने व्यवस्था समेत मिलाएको थियो । १४ वर्षअगाडि डा. विशाल ढकालले स्थापना गरेको हेल्थ एट होमले घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ । कम्पनीले हालै मात्रै घरमै पुगेर स्वास्थ्य सेवाका अलावा रेडियोलोजी सेवा दिन सुरु गरेको छ ।

हाल हेल्थ एट होममार्फत करिब एकलाख भन्दा बढी घरले स्वास्थ्य सेवा लिइसकेका छन् । हेल्थ एट होमले घरमै पुगेर बिरामीको उपचार गर्ने, ल्याब टेस्ट तथा रिपोर्ट लिने, विभिन्न किसिमका थेरापी दिने लगायतका कार्य गर्दै आएको छ । हेल्थ एट होमले उपत्यकाबाहिर तीनवटा शाखामार्फत आफ्नो सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL