Logo

नेपालका २ जलविद्युत आयोजनाको विद्युत खरिदविक्री सम्झौता, पीटीसी ईन्डियाले ९६८ मेगावाट विजुली किन्ने

नेपालका २ जलविद्युत आयोजनाको विद्युत खरिदविक्री सम्झौता, पीटीसी ईन्डियाले ९६८ मेगावाट विजुली किन्ने



काठमाडौं । नेपालमा उत्पादिन विजुली भारतीय बजारमा विक्री गर्नका लागि भारतीय दुई कम्पनीबीच सम्झौता भएको छ । पश्चिम सेती र सेती नदी ६बाट उत्पादित करिव १२ सय मेगावाट विजुली खरिद गर्नेगरी एनएचपीसी ईन्डिया र पीटीसी ईन्डियाबीच सम्झौता भएको हो ।

laxmi

यसअघि लगानी बोर्डले ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी–६ आयोजनाबाट विद्युत उत्पादनको जिम्मा एनएचपीसीलाई दिएको थियो ।

दुई आयोजनाबाट उत्पादन हुने सम्भावित १२०० मेगावाट मध्ये २३२ मेगावाट विद्युत् नेपालले निशुल्क पाउनेछ । बाँकी रहेको विजुली भने एनएचपीसीसँग पीटीसीले खरिद गर्नेगरी सम्झौता भएको हो । उक्त सम्झौताको समझदारीपत्रमा एनएचपीसीका अध्यक्ष अभय कुमार सिंह र पीटीसीका अध्यक्ष राजीवकुमार मिश्रले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL