Logo

मोटरसाइकल उत्पादनमा हात हाल्दै तातड ग्रुप, बार्षिक ८ हजार मोटरसाईकल निर्माण गर्ने

मोटरसाइकल उत्पादनमा हात हाल्दै तातड ग्रुप, बार्षिक ८ हजार मोटरसाईकल निर्माण गर्ने



काठमाडौं । नेपालको बैंकिङदेखि आईटी क्षेत्रसम्म लगानी गरेको तातड ग्रुपले सवारी उत्पादनमा पनि हात हालेको छ । ग्रुपले हालै बार्षिक ८ हजार मोटरसाइकल उत्पादन गर्नेगरी उद्योग विभागमा प्रतिवद्धता जाहेर गरेको हो ।

laxmi

कम्पनीले चालु आर्थिक बर्षको दोस्रो महिनाको सुरुवातमै अर्थात भदौ २ गते एउटा नयाँ सवारी उत्पादन परियोजना उद्योग विभागमा दर्ता गरेको हो । ग्रुपले बाराको जितपुर सिमरामा प्लान्ट स्थापना गर्ने गरी टीजी अटो ग्रुप कम्पनीको नाममा विभागमा परियोजना दर्ता गराएको विभागले जानकारी दिएको छ ।

नेपालमा आईटी उर्जादेखि बैंकिङ व्यवसायसम्म हात हालेको तातड ग्रुपले अब नेपालमा सवारी एसेम्बलको क्षेत्रमा पनि हात हालेको हो । टीजी अटो ग्रुपले बार्षिक ८ हजार थान मोटरसाईकल निर्माण गर्नेछ ।

उक्त प्लान्ट स्थापनाका लागि ३८ करोड रुपैयाँ कुल पुँजी राखिएको छ भने बार्षिक ६७ जनालाई रोजगारी दिने बताईएको छ । उक्त प्लान्टले ५ सय केभिए क्षमताको विद्युत खपत गर्नेछ ।

पछिल्लो समय नेपालमा सवारीसाधन आयातको तुलनामा यसको कच्चा पदार्थ अर्थात पार्टपुर्जा आयात गर्न सहज भएकाले धेरैजसो व्यवसायीरु सवारी एसेम्बल र उत्पादनतर्फ लागिरहेका छन् । तातड ग्रुपले पनि हालसम्म नेपालमा निर्माण क्षेत्रका लागि आवश्यक उपकरणहरु उपलब्ध गराउने काम गर्दछ ।

यस्तै ग्रुपले सनराइज बैंकसँगै आइटी क्षेत्रको दक्षतामा समेत लगानी गरेको छ । उत्पादनमुलकतर्फ ग्रुपले विशाल प्लास्टोक्याव र एभरेष्ट ईक्वीपमेन्टमा लगानी गरेको छ । अब भने ग्रुपले अटो उत्पादनमा पनि आफ्नो पाईला अघि सारेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL