Logo

दराज मल फेस्ट घोषणा : प्रिमियम राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डमा छुट

दराज मल फेस्ट घोषणा : प्रिमियम राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डमा छुट



काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार, दराजले साउन ३० देखि दराज मल फेस्ट सुरु हुने घोषणा गरेको छ। यस अभियानले दराज मल मार्फत दराजका ग्राहकहरूलाई अद्वितीय र प्रिमियम सपिङ अनुभव प्रदान गर्ने जनाइएको छ । अभियानको मुख्य विशेषताहरूमा एड टु कार्ट एण्ड विन, रु ७००० सम्मको भउचरहरू, ब्रान्ड अफ द डे, फ्ल्यास सेल, शेक शेक र वाल अफ फेम रहेको छ।

दराज मल, दराजद्वारा सुरु गरिएको एक अनलाइन सपिङ मल हो जसमा सोनी, सामसंग,गोल्डस्टार, रिम्याक्स, वाइल्डहर्न साथै ५०० भन्दा बढी अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरु चित्रित छन्। १००% प्रामाणिक उत्पादनहरु र १४ दिन फिर्ता नीतिसंग दराजमलले ग्राहकहरुलाई राम्रो किनमेलको अनुभव सुनिश्चित गर्नको लागि प्रदान गर्दछ। त्यसै कारण, दराजमल फेस्ट ग्राहकहरुको लागी अद्भुत मूल्यहरुमा आफ्नो मनपर्ने प्रीमियम ब्रान्डहरु खरिद गर्नको लागि एक अवसर कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विगतमा जस्तै, ग्राहकहरुले दराजमल फेस्टमा बैंक डेज छुट मार्फत डेबिट र क्रेडिट कार्डबाट प्री पेमेन्ट गर्दा थप १५ % रु ७५० सम्म छुट पाउन सक्छन्।

जसअनुसार मंगलबार ग्लोबल ईएमई बैंकबाट क्रेडिट कार्ड भुक्तानीमा १५% वा रु ७५० सम्मको छुट / तथा डेबिट कार्ड भुक्तानीमा १०% वा ५०० सम्म छुट प्राप्त हुनेछ । यसैगरी बिहीबार मेगा बैंकबाट क्रेडिट कार्ड भुक्तानीमा १५% छुट तथा डेबिट कार्ड भुक्तानीमा १०% वा रु ५०० सम्म छुट प्राप्त हुनेछ ।

यस्तै शुक्रबार नबिल बैंकबाट डेबिट/क्रेडिट कार्ड भुक्तानीमा १०% छुट (अधिकतम रु ५००) प्राप्त हुनेछ भने शनिबार स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट डेबिट/क्रेडिट कार्ड भुक्तानीमा १०% छुट (अधिकतम रु ५००) हुनेछ ।

त्यसमा थप्दै, पहिलो पटक भिसा कार्ड भएका दराज प्रयोगकर्ताहरूले भिसा डेबिट कार्ड/क्रेडिट कार्डमा १०% (अधिकतम रु. ५०० सम्म) को अतिरिक्त प्रि-पेमेन्ट छुट प्राप्त गर्न सक्छन्। त्यसैगरी, दराजमा किनमेल गर्ने र इसेवा वालेट मार्फत भुक्तानी गर्ने ग्राहकले १०% अधिकतम रु ३५० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यी बाहेक, ब्रान्ड अफ द डे जस्ता अफरहरूले ग्राहकहरूलाई उनीहरूको मनपर्ने ब्रान्डहरूमा थप छुटहरू प्राप्त गर्ने अवसर प्रदान गरिएको दराजले जनाएको छ। अभियानको अवधिभर प्रत्येक दिन एउटा चयन गरिएको दराज मल ब्रान्डले आफ्ना उत्पादनहरूमा विशेष छुट दिनेछ। उदाहरणका लागि, आमायरा फेसन हाउसले आफ्ना सबै उत्पादनहरूमा ६०%सम्म छुट दिनेछ, एर्कले आफ्ना सबै उत्पादनहरूमा १०% सम्म छुट र फ्यानटेकले अभियानका क्रममा आफ्ना उत्पादनहरूमा ५५% सम्म छुट उपलब्ध गराउनेछ।
यसैगरी दराजका नयाँ प्रयोगकर्ताहरूले पहिलो अर्डरमा रु.२००को भउचर प्राप्त गर्न सक्नेछन् भने दराज गेम्स, दराज लाइभ र सेलर भाउचर मार्फत थप छुट पनि पाउनेछन्।

समग्रमा, दराज मल फेस्ट भनेको प्रामाणिक उत्पादनहरू प्रदान गर्ने र दराजका ग्राहकहरूको समग्र किनमेल अनुभवलाई अभिवृद्धि गर्ने बारे एक अद्भुत अवसर भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL