Logo

चन्द्रागिरि केबलकारमा विश्वकै सुरक्षित प्रविधि प्रयोग गरिएको छ, कहिलेकाहीँ प्राविधिक समस्या आउँदा डराउनु पर्दैन : चन्द्र ढकाल

चन्द्रागिरि केबलकारमा विश्वकै सुरक्षित प्रविधि प्रयोग गरिएको छ, कहिलेकाहीँ प्राविधिक समस्या आउँदा डराउनु पर्दैन : चन्द्र ढकाल



काठमाडौं । चन्द्रागिरि केवलकारमा विश्वकै सुरक्षित प्रविधि प्रयोग गरिएको र विजुली जाँदा रोकिने जस्ता सामान्य समस्या आउँदा डराउन नपर्ने चन्द्रगिरि हिल्सका अध्यक्ष चन्द्र ढकालले बताएका छन् । चन्द्रगिरि केवलकारको विषयमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले बेलाबेलामा केही प्राविधिक कारणले केबलकार रोकिने गरेको तर बाहिर यस विषयमा यथार्थ जानकारी नभएर गलत सूचना जाने गरेको समेत उनले जानकारी दिए ।

laxmi

‘हामी यहिँ कन्फ्युजनलाई हटाएर वास्तविक जानकारी दिन आज पत्रकार सम्मेलनको आयोजना गरेका हौं,’ उनले भने, ‘चन्द्रागिरि केबलकार ३ ओटा स्रोतबाट संचालित हुन्छ । पहिलो विद्युतीय माध्यमबाट संचालन गर्ने गरेका छौं । यदि विजुली नभएको वा गएको अवस्थामा १ मेगावाट क्षमताको हामीसँग जेनरेटर छ त्यसैबाट केबलकार संचालनमा ल्याउने गरेका छौं ।’ साथै तेस्रो जेनेरेटरसमेत बन्द भएको अवस्थामा ईमर्जेन्सी ड्राईभ भन्ने प्रणालीबाट यो संचालनमा ल्याउने समेत उनले जानकारी दिए ।

विश्वभर चन्द्रागिरी केबलकारजस्ता २० हजार बढी परियोजना संचालनमा रहेको र सबैमा सामान्य खालका प्राविधि समस्या आईरहेन समेत उनले जानकारी दिए । ‘कुनै पनि केवलकारमा प्राविधिक समस्या आईरहन्छ त्यो ठुलो कुरा होईन,’ उनले भने, ‘हामीले जुन प्राविधि उपकरण जडान गरेर केवलकार संचालन गरेका छौं त्यसमा केही प्राविधिक समस्या आउँदैमा डराउन पर्दैन ।’ साथै केवलकार विद्युतबाट चल्ने हुनाले पनि समय समयमा विद्युत कटौती हुँदा त्यस्ता समस्या देखिने उनको तर्क थियो ।

‘हामीले लिफ्ट चढ्दा पनि त कहिलेकाँही लिफ्ट अड्किन्छ भने जहाज पनि ट्राफिक जाम भएको अवस्थामा आकाशमै घुमाईरहनु पर्ने हुन्छ तर त्यस्तो अवस्थामा यात्रुहरु आत्तिन्छन्,’ उनले भने, ‘हामीले यसअघि केवलकारमा आउने यस्ता प्राविधिक समस्याको बारेमा ब्रिफिङ गरेका थिएनौं । त्यसले गर्दा पनि जनमानसमा नकारात्मक सन्देश बढी गयो ।’ चन्द्रागिरि केबलकार विश्वको सबैभन्दा राम्रो प्रविधिमा आधारित सेवा भएपनि विजुलीमा भर पर्ने भएकाले कहिलेकाँही प्राविधिक समस्या आउने उनको भनाई थियो । केबलकार संचालनमा विश्वकै उत्कृष्ट प्रविधिको प्रयोगका साथै सोही अनुरुपको सुरक्षा संयन्त्र राखिएका कारण केही समय केवलकार रोकिँदैमा डराउन नपर्ने समेत उनले जानकारी दिए ।

कुनै कारणवश यात्रु टप स्टेशनमा रोकिएमा सम्पूर्ण व्यवस्था कम्पनीको

यदि कुनै प्राविधिक कारणवश यात्रुहरु टप स्टेशनमा रोकिएको अवस्थामा कम्पनीले नै यात्रुका लागि खाना र बस्ने सुविधा गरिदिने समेत ढकालले जानकारी दिए । ‘टप स्टेशनमा रोकिने यात्रुहरु रोकिएर घरजान नसक्ने अवस्था भएमा वा सोही स्थानमा बस्न चाहेमा हामीले खाना र बस्नको राम्रो व्यवस्था गरिदिएका छौं,’ उनले भने, ‘यदि कुनै यात्रु घरनै जान चाहन्छने भने पनि गाडीबाटै भएपनि पुयाइदिने व्यवस्था गरेका छौं ।’

अर्थात विशेष कारणले केवलकारनै रोकिएको अवस्थामा पनि सेवाग्राहीलाई कुनै समस्या नहुने उनले बताए । ढकालले आफ्नै उदाहरण दिँदै अघिल्लो हप्तामात्रै स्विजरल्याण्डको जुरिच गएको समयमा केबलकार चढ्दा त्यहाँ पनि प्राविधिक समस्या आएको रोकिएको र तत्कालै संचालनमा ल्याएको बताए । साथै आफुले त्यहाँको केवलकार संचालकलाई विश्वका सबै केवलकारमा यस्ता समस्या आउने जानकारी दिएको समते उनले बताए ।

मेम्बरसिप कार्ड ल्याउँदै

चन्द्रागिरि हिल्सले आफ्ना ग्राहकलाई लक्षित गर्दै मेम्बरसिप कार्ड ल्याउने भएको छ । विशेषगरी चन्द्रागिरिमा जाने ग्राहकहरुलाई विशेष छुट सहित मेम्बरसिप कार्ड ल्याउने लागिएको ढकालले जानकारी दिए । साउन १ गतेदेखि विहान ८ बजेदेखि वेलुका ९ बजेसम्म केवलकार संचालनमा ल्याएको चन्द्रागिरिले होटलदेखि जिपलाई र अन्य प्याकजहरुमा विशेष अफर सहित मेम्बरसिप कार्ड संचालनमा ल्याउने लागेको हो ।

२ हजार ५२१ मिटर अग्लो स्थानमा अन्तररष्ट्रिय स्तरको वारमा बसेर मज्जा लिन सकिने उक्त स्थानमा आउने ग्राहकहरुलाई सुविधा दिनकै लागि मेम्बरसिप कार्ड ल्याउन लागिएको उनको भनाई थियो । साथै उक्त कार्ड सुविधाबाट आफ्नो बच्चाबच्चीलाई विभिन्न खेल खेलाउन देखि सो स्थानमा रहेको सुविधाहरु अफर अनुसार उपयोग गर्न सकिने ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL