Logo

रिलायन्स लाइफको विशेष साधारण सभा, मर्जरमा जाने प्रस्ताव पारित गर्दै सम्पन्न

रिलायन्स लाइफको विशेष साधारण सभा, मर्जरमा जाने प्रस्ताव पारित गर्दै सम्पन्न



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटडको विशेष साधारण सभा सम्पन्न भएको छ । सोमवार सभाका अध्यक्ष ताराचन्द केडियाको अध्यक्षता उक्त साधारण सभा सम्पन्न भएको हो ।

laxmi

सो सभाले कम्पनीको अधिकृत पूँजी बृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्रमा पूँजी बृद्धि एवंं अन्य व्यबस्थाहरु समेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सो लाई समाविष्ट गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने तथा पूँजी बृद्धिको आवश्यकतालाई दृष्टिगत गरी भविष्यमा अन्य कुनै जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने प्रयोजनको लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान र छनौट गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, सभाले अख्तियार प्राप्त निकायबाट अन्तिम स्वीकृती लिने तथा सो सन्दर्भमा नियामक निकायहरुले निर्देशन गरे बमोजिम विवरण उपलब्ध गराउने लगायतका कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्तावहरु पारित गरेको छ ।साथै, सो सभाले कम्पनीको अधिकृत पुँजी रु. ३ अर्ब रुपैयाँबाट बृद्धि गरी रु. ५ अर्ब हुने गरी प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL