Logo

अब मोटरसाइकलले ५ र कारले २० लिटरमात्रै पेट्रोल पाउने, निगमले गर्याे जोरविजोरको पनि प्रस्ताव

अब मोटरसाइकलले ५ र कारले २० लिटरमात्रै पेट्रोल पाउने, निगमले गर्याे जोरविजोरको पनि प्रस्ताव



काठमाडौं । नेपाल आयल निगमले सरकारसमक्ष अब पेट्रोल वितरणको कोटा तोक्नुपर्ने सुझाव दिएको छ । सोमबार प्रधानमन्त्री कार्यालय, उद्योग मन्त्रालय र गृह मन्त्रालयले पत्र लेख्दै विक्री कोटो तोक्न सुझाव दिएको हो । पछिल्लो समय विश्व बजारमा आएको असन्तुलनका कारण पेट्रोलियम पदार्थको मूल्य उच्च रुपमा वृद्धि भईरहेको छ ।

laxmi

सोही अनुसार निगमले धेरै मूल्य तिरेर कम मूल्यमा पेट्रोलियम पदार्थ बेच्नुपर्दा अर्बाै घाटा व्यहोरिरहेको छ । यसको नियन्त्रणका लागि निगमले पेट्रोलियमको खपत घटाउने गरी सुझाव दिएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए ।

उनका अनुसार निगमका सोमबार बसेको बैठकले सवारीमा जोरविजोर लागु गर्नुपर्ने, पेट्रोल वितरण गर्दा मोटरसाईकल र स्कुटरलाई एक पटकमा ५ र साना निजी गाडीलाई एकपटकमा १० लिटर मात्रै वितरण गर्नुपर्ने, पेट्रोल डिजेलबाट चल्ने गाडीको आयातमा प्रतिवन्ध लगाउनलगायत गरी १० सुझाव सरकारलाई दिईएको छ ।

निगमले उक्त सुझावहरु तत्काल लागु गर्नसमेत आग्रह गरेको छ । निगमले दैनिक पेट्रोलियम विक्रीबापत दैनिक अर्बाैं रुपैयाँ घाटा व्यहोर्नु परिरहेकाले यस्तो सुझाव दिनुपरेको प्रवक्ता उपाध्याय बताउँछन् ।

यस्तै निगमले चालु आर्थिक वर्षको अन्त्यसम्म निगम ५५ अर्ब रुपैयाँ नोक्सानीमा जाने देखिएको भन्दै प्रधानमन्त्रीलाई पठाएको पत्रमा भारतलाई इन्धन खरिदको भुक्तानी गर्नुपर्ने रकम ३० अर्ब नाघेको पनि उल्लेख गरेको छ । उक्त रकम उपलब्ध गराउनसमेत निगमले ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL