Logo

११ महिनामा ३ खर्ब ४० अर्ब बढिको पेट्रोलीयम आयात, १ खर्ब १८ अर्ब राजश्व उठ्यो

११ महिनामा ३ खर्ब ४० अर्ब बढिको पेट्रोलीयम आयात, १ खर्ब १८ अर्ब राजश्व उठ्यो



काठमाडौं । नेपालले चालु आर्थिक बर्षको ११ महिनामा ३ खर्ब ४० अर्ब बढिको पेट्रोलीयम पदार्थ आयात गरेको छ । भन्सार विभागले मंगलबार ११ महिनाको आयात निर्यातको तथ्यांक सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएको हो ।

laxmi

विभागका अनुसार नेपालले उक्त अवधिमा एक खर्ब ४५ अर्ब २१ करोड ९३ लाख ५० हजार रुपैयाँ बराबरको १६ लाख दुई हजार ४ सय ८ किलोलिटर डिजेल आयात गरेको छ ।

यस्तै सोहि अवधिमा ६२ अर्ब ९१ करोड ९८ लाख ४६ हजार रुपैयाँ बराबरको ६ लाख ७८ हजार ६ सय ७२ किलोलिटर पेट्रोल आयात गरेको छ । नेपालले उक्त अवधिमा ५९ अर्ब १६ करोड ६ लाख ४७ हजार रुपैयाँ बराबरको ४८ करोड ९७ लाख १६ हजार १ सय ४० किलोलिटर खाना पकाउने ग्याँस आयात गरेको छ ।

नेपालले यी सबै पेट्रोलीयम पदार्थ आयात गर्दा कुल १ खर्ब १८ अर्ब ८२ करोड रुपैयाँ बढी राजस्व असुल गरेको छ । जसमा डिजेल आयातमार्फत मात्रै ५७ अर्ब ९० करोड ६० लाख २२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यस्तै पेट्रोल आयात गर्दा ३५ अर्ब ५२ करोड ७४ लाख ५७ हजार रुपैयाँ र खाना पकाउने ग्याँस आयात गर्दा ११ अर्ब ३ करोड ३६ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

अन्तरराष्ट्रिय बजारमा भएको तेलको मुल्य बृद्धिका कारण उक्त अवधिमा नेपालले पनि पटक पटक मुल्य बृद्धि गरेको छ । सोहि अवधिमा रुस र युक्रेनबिच उत्पन्न द्वन्दका कारण तेलको मुल्यलाई प्रभाव पारेको देखिन्छ । यसरी मुल्य बढ्दै गईरहदा पनि नेपालले बैंकल्पिक उर्जाका उपायलाई प्रभावकारी रुपले कार्यान्वयन गर्न नसक्दा बढदो आन्तरिक माग धान्न आयात गर्नुपर्ने बाध्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL