Logo

होण्डाले ल्यायो मनसुन एक्सचेन्ज उपहार योजना, ७ हजार सम्मको एक्सचेन्ज बोनस र क्यासब्याक

होण्डाले ल्यायो मनसुन एक्सचेन्ज उपहार योजना, ७ हजार सम्मको एक्सचेन्ज बोनस र क्यासब्याक



काठमाडौँ । होण्डा टू व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले “होण्डा मनसुन एक्सचेन्ज” नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ ।

अब प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा ७ हजार सम्मको एक्सचेन्ज बोनस तथा ४ हजार सम्मको क्यासब्याक पनि हात पार्न सकिनेछ भने फ्री चेकअप र टेस्ट राइडको पनि व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
यो योजना २०७९ असार ५ गते देखि असार १० गतेसम्म मात्रै लागू हुनेछ । यस योजना अन्तर्गत उपत्यका भित्रका ग्राहकहरूले मात्रै सहभागिता जनाउन सक्नेछ ।

नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL