Logo

आइएमईको ‘जोड्दै छ नाता अफर’ सार्वजनिक, पाँच जना भाग्यशाली सेवाग्राहीले प्रतिव्यक्ति २२ हजार पाउने

आइएमईको ‘जोड्दै छ नाता अफर’ सार्वजनिक, पाँच जना भाग्यशाली सेवाग्राहीले प्रतिव्यक्ति २२ हजार पाउने



काठमाडौं । इन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सको अवसरमा आइएमईले सेवाग्राहीमैत्री “जोड्दै छ नाता” अफर सार्वजनिक गरेको छ ।

अफर अनुसार आइएमईले विदेशबाट बैंक डिपोजिट गर्ने पाँच (५) जना भाग्यशाली सेवाग्राहीहरुलाई प्रतिव्यक्ति रु. २२,००० (कर वाहेक) उपलब्ध गराउने छ ।

यो अफर ईन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सका रुपमा मनाइने १६ जुन २०२२ एकदिनका लागि मात्र लागू हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संयुक्त राष्ट्र संघले विदेशमा श्रम गर्न जाने करोडौं नागरिकहरूले रेमिटेन्स पठाएर आर्थिक संकटलाई पार लगाएको सम्मान स्वरूप यो दिनलाई विशेष दिनको मनाइँदै आइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL