Logo

भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची, नेपालमा बढ्ला की घट्ला ?

भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची, नेपालमा बढ्ला की घट्ला ?



काठमाडौं । भारतीय आयल निगम (आइओसी)ले शुक्रबार नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । प्रत्येक महिनाको १ र १५ तारिखमा आइओसीले निगमलाई नयाँ मूल्यसूची पठाउने व्यवस्था अनुरुप शुक्रबार पनि पठाएको हो ।

laxmi

भारतले पठाएको नयाँ मूल्यसूची अनुसार डिजेलमा प्रतिलिटर साविकको मूल्यभन्दा ०.०२ रुपैयाँ, मट्टितेलमा प्रतिलिटर २२.१९ रुपैयाँ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २७३.३८ रुपैयाँ बढेको छ । यस्तै आइओसीले यसपल्ट पेट्रोलको मूल्य भने साविकको तुलनामा १.४८ रुपैयाँले घटाएर पठाएको छ । निगमले नेपाली बजारका लागि भने नयाँ मूल्यसूची सार्वजनिक गरिसकेको छैन ।

भारतले पठाएको नयाँ मूल्यसूचीअनुसार अझै पनि निगमलाई प्रतिमहिना १० अर्ब बढिको नोक्सानी व्यहोर्नुपर्ने देखिन्छ । हालसम्म निगमले ३२ अर्ब रुपैयाँ बढी नोक्सानी व्यहोरीसकेको जानकारी दिएको छ । यसरी निगमले आफुलाई अझै घाटा हुने बताईरहँदा पुनः नेपालमा पेट्रोलियमको मूल्य बढ्न सक्ने आँकलन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL