Logo

फोर्स गुर्खा जिपको बुकिङ्ग खुल्ला, यस्तो छ मूल्य

फोर्स गुर्खा जिपको बुकिङ्ग खुल्ला, यस्तो छ मूल्य



काठमाडौं । बहुप्रतिक्षित फोर्स गुर्खा जिपको मुल्य सार्वजनिक गरी बुकिङ्ग खुल्ला गरिएको छ । भारतको बजारमा अत्याधिक रुचाईएको फोर्स गुर्खाको आयतकर्ता हिमालय अर्गनाइजेशन अन्तर्गत आयाम इन्टरकन्टिनेन्टल प्राली रहेको छ । विशेषत अफरोड र एड्भेन्चर ट्राभल मन पराउने ग्राहकको लागि लक्षित गरी बनेको फोर्स गुर्खामा विश्व प्रशिद्ध मर्सिडिज बेन्जको २.६ लिटर ईन्जिन, गेयरवक्स र एक्सल जडान गरिएको छ ।

फोर्स गुर्खामा पावरफुल फोर ह्विल ड्राईभ, म्यानुवल डिफ्रेन्सियल लक( अगाडी र पछाडी दुवै एक्सलमा ), ३५ डिग्री ग्रेडिएविलिटी र उच्च ग्राउन्ड क्लियरेन्स भएकोले जस्तो सुकै बाटोमा पनि उपयुक्त रहेको छ । साथै बल्की डिजाईन र बोल्ड लुक्स भएको फोर्स गुर्खामा आकर्षक एल ई डि हेडल्यम्प विथ डि आर यल, टिल्ट एण्ड टेलिस्कोपिक स्टेरिङ्ग, एडभान्स ईन्फोटेन्मेन्ट सिस्टम लक्जरियस पाईलट सिट, कोयल स्पिङ्ग सस्पेन्शन जस्ता आकर्षक फिचर रहेका छन ।

फोर्स गुर्खामा स्नोरकल भएकोले ७०० एम् एम् पानी भएको ठाउँमा पनि सहज रुपमा चलाउन सकिन्छ भने यस जिपमा सुरक्षालाई मध्यनजर गर्दै एयर व्याग, ए.वि.एस्. ई.डि.वि. व्रेक र रिभर्स पार्किङ्ग सेन्सर जस्ता फिचर्स रहेका छन् । थ्री डोर डिजाईन र ४ सिट क्षमता भएको यस जिपमा सहज ईन्ट्री र एक्जिट, पर्याप्त वुट स्पेस र ग्याङ्गवे रहेको छ । यस जिपमा ठुलो सिङ्गल विईन्डो रहेकोले बाहिरी दृश्यको अवलोकन मज्जाले गर्न सकिन्छ । कम्पनीको अनुसार यस जिपको सुरुवाती मुल्य ७८ लाख ९९ हजार कायम गरिएको जुन केही समयको लागि मात्र लागु हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL