Logo

टिकाथलीमा डिशहोम फाइवरनेटको सह–वितरण सोरुम, बिक्री र बिक्रीपछिको सेवा उपलब्ध हुने

टिकाथलीमा डिशहोम फाइवरनेटको सह–वितरण सोरुम, बिक्री र बिक्रीपछिको सेवा उपलब्ध हुने



काठमाडौँ । नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले ललितपुरको टिकाथलीमा पनि सह–वितरण सोरुमको शुभारम्भ गरेको छ ।

फागुन ४ देखि डिशहोम फाइवरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन टेककेयर टेक्नोलोजीले गर्नेछ ।

सोरुम उद्धघाटन, डिशहोमका तर्फवाट नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर राम सुन्दर सिलाकार र रविन थापाको उपस्थितिमा सम्पन्न भएको थियो ।

विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डिटिएच सेवा ग्राहक माझ पुर्याउँदै आएको टेककेयर टेक्नोलोजीले अब डिशहोम फाइवरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुम मार्फत दिने भएको हो ।

२ हजार भन्दा धेरै ग्राहकलाई डिशहोम फाइवरनेटको सेवा उपलब्ध गराईसकेको टेककेयर टेक्नोलोलीले अब अझ बढी ग्राहकमाझ पुग्न पनि यस नयाँ सोरुमले मद्दत गर्ने टेककेयर टेक्नोलोजीका सञ्चालक दीपक थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL