Logo

‘भ्यालेन्टाइन डे’मा ‘भिभोटाइन फोटोग्राफी कन्टेस्ट’ हुने, यसरी हुन सकिन्छ सहभागी

‘भ्यालेन्टाइन डे’मा ‘भिभोटाइन फोटोग्राफी कन्टेस्ट’ हुने, यसरी हुन सकिन्छ सहभागी



काठमाडौं । मोबाइल ब्राण्ड भीभाले ‘भ्यालेन्टाइन डे’ अर्थात प्रेम दिवस (फेब्रुअरी १४) मा ‘भिभोटाइन फोटोग्राफी कन्टेस्ट’ आयोजना गर्ने भएको छ । कन्टेस्टमा भाग लिन आफ्ना प्रेमिल व्यक्तिहरूको फोटो शेयर गर्न भीभोले आग्रह गरेको छ । सो कम्पनीका अनुसार कन्टेस्ट विजेताले ३० हजार रुपैयाँ बराबरको पार्टी कास्ट स्पीकर जित्नेछन् ।

भ्यालेन्टाइन सप्‍ताहमै भिभोले आफ्नो उत्पादन भी तथा वाई सिरिज स्मार्टफोन खरिद गर्दा २००० रुपैयाँ बराबरको छुट भौचर र लक्की ड्रमार्फत अन्य आकर्षक उपहारहरू पनि जित्नसक्ने जानकारी दिएको छ ।

सबै सहभागिका तस्बिरहरू उपलब्ध भइसकेपछि भिभोले सबैभन्दा धेरै पोस्ट लाइक, शेयर, कमेन्ट तथा फोटोको सुन्दरताका आधारमा प्रत्येकलाई ३० हजार रुपैयाँ बराबरको साउण्ड कोर रेभ पार्टी कास्ट स्पीकर प्रदान गर्नेगरी उत्कृष्ट पाँच विजेताहरू चयन गर्ने जनाएको छ । चलचित्रका नायक, मोडल तथा निर्माता प्रदीप खड्काले भिभोको साथमा कम्पनीको फेसबुक पेजमा अभियानको अनावरण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL