Logo

एनसेलको ‘ननस्टप टाइम प्याक’, छोटो समयका लागि डेटा सेवा लिन सकिने

एनसेलको ‘ननस्टप टाइम प्याक’, छोटो समयका लागि डेटा सेवा लिन सकिने



काठमाडौं । एनसेलले अब आफ्नो मोबाइल डेटा आवश्यकता पूरा गर्न विभिन्न समयसीमा भएका टाइम प्याकहरू ल्याएको छ । एनसेल आजियाटा लिमिटेडले ‘ननस्टप टाइम प्याक’ल्याएको हो र जसमा ग्राहकले छोटो समय अर्थात १५ मिनेट र २ घण्टाका लागि डेटा सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।

laxmi

कम्पनीले पहिले नै वानआवर डेटा प्याकअर्थात १ घन्टा समयावधी भएको डेटा प्याक उपलब्ध गराउँदै आएको छ । ग्राहकले ावश्यकता अनुरुप सेवा उपलब्ध गराउन यी नयाँ थप दुई नयाँ डेटा प्याक ल्याएको हो । आफ्ना अनलाइन गतिविधिहरूका निमित्त निश्चित समयका लागि इन्टरनेटमा सुरक्षित पहुँच चाहिने ग्राहकहरूलाई यी प्याकहरु उत्तम हुने कम्पनीले दावी गरेको छ ।

यस योजनामा ग्राहकले कर सहित १० रुपैयाँमा १५ मिनेटको डेटा प्याक पाउँछन् र त्यसैगरी २ घण्टाको डेटा प्याक रु ३० मा लिन सक्छन् । यी प्याकहरु सुचारु रहेको अवधिमा ग्राहकले १ एमबीपीएसको गतिमा मोवाइल इन्टरनेट सेवा पाउँछन् ।

ग्राहकले सजिलैसँग एष्ट्रिक्स् १७१२३ ह्यास डायल गरि वाएनसेल एप, वेबसाइट वानजिकैको एनसेल आउटलेटबाट यी डेटा प्याकहरू लिन सक्छन् । यदि ग्राहकले प्याकको समयभन्दा बढी डेटा प्रयोग गरेमा कुनै प्याक पहिले नै सुचारु रहेको खण्डमा उक्त प्याकबाट अतिरिक्त डेटा प्रयोगको शुल्क काटिने पनि कम्पनीले जनाएको छ । त्यस्ता कुनै प्याक सुचारु नरहेको अवस्थामा पे एज यू गोको दर अनुसार डेटा शुल्क लाग्दछ ।

ननस्टप टाइम प्याकहरूले विशेषगरी अनलाइन मार्फत सञ्चार, सूचना आदान प्रदान र डिजिटल कारोबार जस्ता कार्यहरु गर्नका लागि निश्चित समय मोबाइल डेटा चाहिने ग्राहकहरूको सुरक्षितपहुँच सुनिश्चित गर्ने विश्वास एनसेलले लिएको छ । कर सहित २२ रुपैयाँ पाइने १ घण्टाको डेटा प्याक ग्राहकहरुले पहिला देखिनै मन पराउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL