Logo

न्यूरोडको महर्जन कम्प्लेक्समा फोर नाइन बागलुङ ज्वेलर्सको तेस्रो शाखा सञ्चालन

न्यूरोडको महर्जन कम्प्लेक्समा फोर नाइन बागलुङ ज्वेलर्सको तेस्रो शाखा सञ्चालन



काठमाडौं । फोर नाइन बागलुङ ज्वेलर्सले काठमाडौंको न्यूरोडमा शाखा सञ्चालनमा ल्याएको छ। ‘शुद्धता हाम्रो प्रतिवद्धता’ भन्ने नारासहित फोर नाइन बागलुङ ज्वेलर्सले न्यूरोड स्थित व्यापारिक भवन महर्जन कम्प्लेक्सबाट सेवा सुरु गरेको हो ।

laxmi

करीब १० वर्ष अगाडी बागलुङबाट ज्वेलरीको काम सुरु गरेको थियो। चितवनको भरतपुर स्थित सिजी ल्याण्डमार्क र नारायणगढको मिलनरोड मार्फत सेवा दिँदै आएको उक्त पसलले काठमाडौंका ग्राहलाई मध्यनजर गर्दै न्यूरोडमा तेस्रो शाखा संचालनमा ल्याइएको ज्वेलर्सका अध्यक्ष अमिर सुनारले जानकारी दिए ।

उनी भन्छन, ‘बागलुङ ज्वेलर्सका ग्राहकहरु काठमाडौंमा पनि छन् । आफ्नो क्षेत्रका ग्राहकहरुको माग पुरा गर्ने, छिटो छरितो सेवा प्रदान गर्ने उद्देश्यसहित नयाँ शाखा विस्तार गरिएको हो।’ उक्त पसल १० करोडको लगानीमा संचालनमा आएको सुनार बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL