GBIME

एमभी दुगड ग्रुपको सामाजिक उतरदायित्व, रक्तदानलगायत विभिन्न सामाजिक कार्य सम्पन्न


बिजखबर संवाददाता
13 January, 2022 11:03 am

Dugar-blood-donation

काठमाडौं । एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडको ७५ औँ जन्मोत्सवका अवसरमा कम्पनीले विभिन्न समाजिक कामहरु सम्पन्न गरेको छ । कम्पनीले रक्तदान कार्यक्रमको आयोजना गरी ६६६ युनिट रगत संकलन गरेको छ ।

NLIC
LAXMI

त्यस्तै, ६३ जनाको निशुल्क आँखाको शल्यक्रिया, २७३५ वटा वोटविरुवा वृक्षारोपण, ६४ जना वृद्धाहरुलाई खाना खुवाएको छ ।

त्यस्तै, २५ जना आर्थिक रुपले कमजोर विद्यार्थीलाई उच्चशिक्षा अध्ययनको छात्रवृति घोषणा गरी पुस २३ मा परेको दुगडको जन्मोत्सव मनाएको छ ।

कोरोना संक्रमका कारण जन्मदिनमा पार्टी तथा भोज, ठूलो जमघट, भेला आयोजना नगरी समाजिक कार्य गरी जन्मदिन मनाएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL