Logo

निकासी प्रवर्द्धनका लागि नयाँ रणनीति तयार गरिँदै, वस्तु प्राथमिकताका लागि सुझाव मागियो

निकासी प्रवर्द्धनका लागि नयाँ रणनीति तयार गरिँदै, वस्तु प्राथमिकताका लागि सुझाव मागियो



काठमाडौं । नेपालमा निर्यातयोग्य वस्तुहरुको प्राथमिकता तथा प्रवर्द्धनका लागि नयाँ रणनीति तयार पारिने भएको छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले नेपाल व्यापार एकिकृत रणनीति २०७३ को समिक्षा र नयाँ रणनीतिको तर्जुमाका लागि सुझाव माग गरेको हो । एक सूचना जारी गर्दै मन्त्रालयले विभिन्न ७ ओटा शिर्षकमा केन्द्रित रहेर माघ १० गतेभित्र सुझाव पेश गर्न आह्वान गरेको हो ।

laxmi

सुझाव पठाउँदा नयाँ रणनीतिमा समेट्नुपर्ने नेपालका निर्यातका सम्भावना भएका वस्तु तथा सेवाहरु, वस्तु सेवाको प्रवद्र्धन गर्न लिनुपर्ने रणनीति र कार्यान्वयनलगायतलाई ध्यानमा राख्नुपर्ने बताईएको छ । यस्तै उक्त सुझावमा गुणस्तरिय पूर्वाधार, मापदण्ड र कार्यान्वयन पनि समेट्नुपर्ने, व्यापार तथा लगानी सहजीकरणका लागि लगानी, वस्तु व्यापारलगायतका कुराहरुसमेत समेट्नुपर्ने उल्लेख छ ।

यसअघि सरकारले एकिकृत रणनीति २०७३ सार्वजनिक गरेको थियो । जसमा अलैंची, अदुवा, चिया, औषधिजन्य जडिबुटीलगायत १२ वस्तुलाई प्राथमिकतामा राखिएको थियो । यस पटकको रणनीतिमा भने पुरानो रणनीतिको कार्यान्वयनको समिक्षासँग नयाँ रणनीति कार्यान्वयमा जोड दिने बताईएको छ ।

सम्बन्धित निकाय, संस्था वा व्यक्तिले यसमाथि सुझाव पठाउँदा मन्त्रालयको बहुपक्षिय व्यापार तथा व्यापार सहायता महाशाखामा पठाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL