Logo

निगमले सुरु गर्याे नेपालकै ठुलो क्षमताको पेट्रोलपम्प, स्वचालित प्रविधिबाट संचालन हुने

निगमले सुरु गर्याे नेपालकै ठुलो क्षमताको पेट्रोलपम्प, स्वचालित प्रविधिबाट संचालन हुने



काठमाडौं । नेपाल आयल निगमले नेपालगंजमा हालसम्मकै ठुलो पेट्रोलपम्प संचालनमा ल्याएको छ । बिहीबार एक कार्यक्रमका बीच निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले उद्घाटन गरेका हुन् ।

उक्त पेट्रोलपम्पको भण्डारण क्षमता १ लाख ७ हजार लिटर पेट्रोल र डिजेल अटाउने छ । २५–२५ हजार लिटर क्षमताका तीनवटा डिजेल ट्यांक र १६–१६ हजार लिटरका दुईवटा पेट्रोल ट्यांक उक्त पम्पमा अन्डरग्राउन्ड गरिएको निगमले जानकारी दिएको छ ।

निगमले नेपालगंजमा रहेको आफ्नो ११ कट्ठा खाली जग्गामा उक्त पेट्रोलपम्प संचालनमा ल्याएको हो । उक्त पम्प अटोमेसन प्रविधिमा छ ।
निगमका अनुसार उक्त पेट्रोलपम्पको अन्डर ट्यांकमा रहेको तेलको परिमाण कम्प्युटरबाट हेन मिल्छ । ट्यांकमा कति तेल छ भन्ने हेर्न एउटा सेन्सर (चिप्स) जडान गरिएको छ ।

निगमले संचालनमा ल्याएको पम्प अटोमेसन (स्वचालित) प्रविधिमा आधारित छ। ट्यांकमा जडान गरिएका डिस्पेन्सिङ मेसिनले कुन सवारीसाधनमा कति तेल हाल्यो भन्नेसमेत हेर्न मिल्ने सफ्टवेय र पनि जडान गरिएको छ । यसबाट मेसिनमा देखाएबराबरकै तेल सवारीसाधनमा हाले, नहालेको बारे यकिन गर्न सजिलो हुने निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL