GBIME

आईएमएस र फोकस वानबीच समझदारी, डिजिटल वालेटमा सफ्टवेयर एकीकृत गर्ने


बिजखबर संवाददाता
4 January, 2022 2:15 pm

SIGNING_BETWEEN_IMS__MOCO

काठमाडौं र। आईएमएस सफ्टवेयर र फोकस वान पेमेन्ट सोलुसनले सफ्टवेयर एकीकृत गर्न समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् । यी कम्पनीहरूले मोको डिजिटल वालेटलाई आईएमएस सफ्टवेयरको उपभोक्ता सफ्टवेयरसँग एकीकृत गर्न सहमति जनाएका हुन् ।

NLIC
LAXMI

पछिल्लो समझदारीसँगै भुक्तानी संघका प्रयोगकर्ताहरूले आईएमएस सफ्टवेयरद्वारा उत्पन्न गरिएको डायनामिक क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्नसक्ने आईएमएस सफ्टवेयरले दाबी गरेको छ । समझदारीपत्रमा आईएमएसका प्रबन्ध निर्देशक सन्तोष ताम्राकार र फोकस वान पेमेन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रणयाा राजभण्डारीले हस्ताक्षर गरेका हुन् ।

सरकारी कर्तव्य र राष्ट्रिय विकासको परिप्रेक्ष्यमा एकअर्काको कर्तव्य र कार्यलाई पूरक बनाउन एमओयू गरिएको कम्पनीहरूले जनाएका छन् । स्थानीय र अन्तरराष्ट्रिय बजारमा माग पूरा गर्न मद्दत गर्ने सफ्टवेयर समाधानहरू विकास गर्न संलग्न रहेको आईएमएसले व्यवसायहरूलाई उच्च प्रदर्शन सफ्टवेयर प्रदान गर्ने गरेको छ ।

फोकस वान एक गैरस्टोर मूल्य डिजिटल वालेट मोको सञ्चालन गर्ने भुक्तानी सेवा प्रदायक हो, जसले अलि पे, नेपाल पे ९नेपाल क्लियरिङ हाउस०, युनियन पे इन्टरनेशनल र भिसाजस्ता भुक्तानी संघहरूका लागि एग्रीगेटरको रूपमा क्यूआर कोडमा आधारित प्राप्ति सेवा प्रदान गर्ने गरेको छ । यस सेवाले व्यापारीहरूलाई ग्राहकहरूबाट भुक्तानी स्वीकार गर्न सक्षम बनाउन कार्ड धारकहरू वा यी भुक्तानी संघहरूका ग्राहकहरूलाई सामान वा सेवाहरू प्रदान गर्ने व्यापारीहरूलाई जोड्छ ।​ आईएमएस सफ्टवेयरले हालसम्म सात डिजिटल भुक्तानी प्लेटफर्महरू सफलतापूर्वक एकीकृत गरेको पनि जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL