Logo

एलजीले देशभर ‘रोड शो’, नविन उत्पादनहरु प्रदर्शन र डेमो प्रस्तुत गर्ने

एलजीले देशभर ‘रोड शो’, नविन उत्पादनहरु प्रदर्शन र डेमो प्रस्तुत गर्ने



काठमाडौं । एलजीले नेपालले देशैभर रोड शो कार्यक्रम सुरु गरेको छ । यस कार्यक्रम अन्तर्गत कम्पनीले एलजीका नविन उत्पादनहरु प्रदर्शन गर्नुका साथै वासिङ मेसिनको डेमो प्रस्तुत गर्ने कम्पनीले जनाएको छ ।

रोड शोमा वासिङ मेसिन, टिभी, एसी, माईक्रोवेभ ओभन, भ्याकुम क्ल्निर जस्ता एलजीका उत्पादनहरु प्रदर्शन गरिएको छ । बनेपादेखि शुरु भएको रोड शो कार्यक्रम गोरखा, वेशीसहर, पोखरा हुँदै सुदूर पश्चिम महेन्द्रनगरदेखि सुर्खेतसम्म पुग्ने कम्पनीले जनाएको छ ।

यस रोड शो को मुख्य आकर्षण वासिङ मेसिन डेमो रहेको छ । जसमा एलजीको ९\६ केजीको वासर ड्रायर वासिङ मेसिनबाट डेमो दिने, साथ साथै यस वासिङ मेसिनको विशेषता पनि बताउने कम्पनीले जनाएको छ ।

एलजीको वासिङ मेसिन नेपाली बजारमा सर्वाधिक बिक्री हुने गरेको छ र यस रोड शोबाट वासिङ मेसिन सञ्चालन तथा यसका फाईदाहरुको बारेमा ग्राहक वर्गहरुलाई जानकारी दिने उद्देश्य रहेको कम्पनीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL