Logo

चौधरी फाउण्डेसनको समाजिक सेवा, कान्ति बाल अस्पतालको इमरजेन्सी वार्ड स्तरोन्नती गर्ने

चौधरी फाउण्डेसनको समाजिक सेवा, कान्ति बाल अस्पतालको इमरजेन्सी वार्ड स्तरोन्नती गर्ने



काठमाडौं । चौधरी फाउण्डेसनले कान्ति बाल अस्पतालको इमर्जेन्सी वार्ड स्तरोन्नती गर्ने भएको छ । फाउण्डेसन र अस्पतालबीच शुक्रबार भएको सम्झौताअनुसार फाउण्डेसनले भवनको स्तरोन्नती गरी २५ शय्याको इमरजेन्सी वार्ड बनाइदिने भएको हो । हाल अस्पतालको इमर्जेन्सी वार्डमा १२ शय्या छ ।

laxmi

शुक्रबार अस्पतालमा आयोजित एक कार्यक्रममा फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरी र अस्पतालका निर्देशक प्राडा अजित रायमाझीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । फाउण्डेशनका अध्यक्ष विनोद चौधरीले बालबालिकाको भविष्य सुनिश्चित गर्नु सबैको कर्तव्य भएकाले दुरदराजसम्मका सर्वसाधारण र निम्न आर्थिकस्तर भएका नागरिकका सन्ततिले पनि सर्वसुलभ र गुणस्तरीय उपचार सेवा पाउन् भन्ने ध्येयले आफूहरूले कान्ति बाल अस्पताललाई सहयोग गरेको जानकारी दिए ।

उपाध्यक्ष निर्वाण चौधरीले मुलुककै जेठो बाल अस्पतालको पूर्वाधार निर्माणमा सहयोग गर्न पाउँदा आफूलाई सन्तोष लागेको बताए । ‘हामीले यो वार्डको निर्माण यथाशीघ्र सम्पन्न गर्छौं, आउँदा दिनहरूमा पनि अस्पताललाई थप सहयोग गर्नेछौं ।’

अस्पतालका निर्देशकप्राडा अजित रायमाझीले चौधरी फाउण्डेसनले गरेको सहयोगप्रति लागि कृतज्ञता व्यक्त गरे । उनले चौधरी फाउन्डेसनबाट आगामी दिनमा पनि निरन्तर सहयोग पाउनेमा अस्पताल विश्वस्त रहेको बताए ।

फाउण्डेसनले सोलुखुम्बु जिल्लाको नाम्चेस्थित माउन्टेन मेडिकल इन्स्टिच्युटलाई पनि सहयोग गर्ने भएको छ । स्वास्थ्य क्षेत्रमा देशैभर सहयोग गरिरहेको फाउण्डेसनले कोभिड महामारीबीच गत जेठमा युनिफाइड कोभिड अस्पताल (वीर अस्पताल) मा आईसीयू वार्ड र धनगढी तथा सुर्खेतमा अक्सिजन प्लान्ट निर्माण सम्पन्न गरेकोे थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL