Logo

झापामा दमक चेम्वर अफ कमर्स गठन, राजेन्द्र प्रसाद ढकालको अध्यक्षतामा ११ सदस्सीय कार्यसमिति चयन

झापामा दमक चेम्वर अफ कमर्स गठन, राजेन्द्र प्रसाद ढकालको अध्यक्षतामा ११ सदस्सीय कार्यसमिति चयन



काठमाडौं । झापामा दमक चेम्बर अफ कमर्स गठन भएको छ । नेपाल चेम्वर अफ कमर्सको भगिनि संस्थाका रुपमा दमक चेम्बर अफ कमर्स जिल्ला कार्यसमिति गठन भएको हो । चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल, पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ, उपाध्यक्ष दिपक कुमार मलहोत्रा, कार्यसमिति सदस्य सन्तोष पाण्डे लगायत केन्द्रीय पदाधिकारीको उपस्थितीमा राजेन्द्र प्रसाद ढकालको अध्यक्षतामा ११ सदस्यीय चेम्बर जिल्ला कार्यसमिति चयन भएको हो । चेम्वर अफ कमर्सको पहिलो साधारणसभाबाट अध्यक्षमा राजेन्द्र प्रसाद ढकाल, उपाध्यक्षमा अजय अग्रवाल, सचिवमा रामप्रसाद रिमाल, सहसचिवमा चन्द्रमाया निरौला, कोषाध्यक्ष सन्दिप साहेवाला निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरुमा यम पाठक, मैयादेवी आचार्य, नबिन सेँडाई, शम्भु प्रसाद खतिवडा, राजकुमार गुप्ता र खेमनाथ सापकोटा निर्वाचित भएका छन् ।

laxmi

पहिलो साधरणसभाको उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले मुलुकलाई आत्मनिर्भर मुखी अर्थतन्त्र बनाउने चेम्बरको अभियानमा सहयोग गर्न नवनिर्वाचित कार्यसमितिलाई आग्रह गरेका छन् । बाँझो जमिनको अधिकतम सदुपयोग गरेर उत्पादन वृद्धि र बजारीकरणमा जिल्ला कार्यसमितिले महत्वपुर्ण भूमिका खेल्न सक्ने उनको भनाई छ । अध्यक्ष मल्लले भने, ‘अहिले पनि ३० प्रतिशत बाँझो जमिन छ सरकारले बजेटमा पनि जनिम बाँझो नराख्ने भनेर भनिरहेको छ । स्थानीय प्रशासनसंग सहकार्य गरि कृषि उपजको उत्पादन र बजारीकरणमा धेरै काम गर्न सकिन्छ यसका लागि चेम्वर स्थानीय व्यवसायीसंग सहकार्य गर्न तयार छ ।’ मुलुकमा कृषिको आधुनिकीकरण र प्रविधिमा लगानी भित्र्याएर तिव्र आर्थिक विकास गर्नुपर्ने अध्यक्ष मल्लले बताए ।

अर्थतन्त्रका अधिकांश सूचकहरु अहिले पनि नकारात्मक रहेको भन्दै अध्यक्ष मल्लले पूँजिगत खर्च बढ्ने हो भने तरलता अभाव नहुने बताएका छन् । केन्द्र र स्थानीय तहमा खर्च हुन नसकेको रकम वाणिज्य वैंकहरुमा स्थानान्तरण गर्दिने हो भने पनि तरलता सिर्जना हुने अध्यक्ष मल्लले बताए । एकल अंकमा व्याजदर कायम गर्ने र सिडी रेसियोलाई ९५ प्रतिशत पुर्याउनुपर्ने उनको भनाई छ ।

नवनिर्वाचित अध्यक्ष ढकालले स्थानीय आर्थिक श्रोतको पहिचान, उत्पादकत्व वृद्धि तथा बजारीकरणका लागि आफ्नो कार्यसमितिले काम गर्ने प्रतिवद्धता जनाए । दमक कार्यसमिति गठन भएसंगै नेपाल चेम्बर अफ कमर्सको नगर जिल्ला कार्यसमितिको संख्या १ सय १० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL