Logo

मुक्तिनाथ रेमिटको भुक्तानी अब आईसीएफसी फाइनान्सको शाखा कार्यालयहरूबाट हुने

मुक्तिनाथ रेमिटको भुक्तानी अब आईसीएफसी फाइनान्सको शाखा कार्यालयहरूबाट हुने



काठमाडौं । मुक्तिनाथ विकास बैंकको रेमिट सेवा ‘मुक्तिनाथ रेमिट’को भुक्तानी अब आईसीएफसी फाइनान्सको शाखा कार्यालयहरूबाट लिन सकिने भएको छ ।

मुक्तिनाथ विकास बैंक र आईसीएफसी फाइनान्सबीच भएको सम्झौतामा मुक्तिनाथ विकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गरुङ्ग र आईसीएफसी फाइनान्सका नायव प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठले हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात मुक्तिनाथको रेमिट सेवाको भुक्तानी आईसीएफसी फाइनान्सको २० शाखाबाट सजिलै लिन सकिने छ । यसबाट मुक्तिनाथ रेमिटका ग्राहकहरुलाई रेमिट भुक्तानीका लागि अझ बढि सुविधा मिल्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL