Logo

सरकारले केराउ, सुपारी, छोकडा र मरिच आयातमा लगायो रोक

सरकारले केराउ, सुपारी, छोकडा र मरिच आयातमा लगायो रोक



काठमाडौं । सरकारले केराउ, सुपारी, नधुल्याएको मरिच र छोकडाको आयातमा रोक लगाएको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुरोधको आधारमा उक्त बस्तुहरु आयोतमा रोक लगाएको हो ।

राष्ट्र बैंकले आज विज्ञप्ती जारी गर्दै चालू आर्थिक बर्षको लागि केराउ, सुपारी, छोकडा र मरिचको आयातमा कोटा निर्धारण र इजाजत प्रदान नभएकाले आयात गर्न कुनै पनि प्रक्रिया अघि नबढाउन निर्देशन दिएको हो ।

सरकारले यस अघि पनि केराउ, सुपारी, छोकडा र दाना मरिचको आयातमा परिमाणात्मक बन्देज लगाउँदै निश्चित कोटा छुट्याएको थियो भने आयातमै रोक लगाएको थियो । साथै चालू आबमा अबका दिनमा उक्त बस्तु आयातका लागि नयाँ प्रक्रिया अघि नबढाउन राष्ट्र बैंकले उक्त निर्देशन जारी गरेको हो ।

पछिल्लो समय बढ्दो आयात, विदेशी मुद्राको संचितीमा गिरावट र भुक्तानी सन्तुलन समेत घाटामा गएपछि राष्ट्र बैंकले त्यसलाई व्यवस्थापन गर्न नयाँ टुल्सहरु अबलम्बन गर्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL