Logo

नेपाल मदिरा उत्पादक संघको अध्यक्षमा वैजु, अन्य पदमा को–भए चयन ?

नेपाल मदिरा उत्पादक संघको अध्यक्षमा वैजु, अन्य पदमा को–भए चयन ?



काठमाडौं । नेपाल मदिरा उत्पादक संघको अध्यक्षमा वैजुप्रसाद वावरा चयन भएका छन् । कम्पनीले ९औँ साधारण सभाबाट ११ नयाँ कार्यसमिति पनि चयन गरेको छ ।

नेपाल मदिरा उत्पादक संघका नया कार्यसमितिको उपाध्यक्षमा राजेन्द्र धिताल, कोषाध्यक्ष फुलसिंह क्षेत्री, सुरेन्द्र उप्रेती महासचिव, वरुण कुमार शााह सचिव पदमा चयन भएका छन् ।

यस्तै, कार्यसमिति सदस्यमा किसन धनावत, भीमसेनकुमार श्रेष्ठ, नवीन थापा, सन्तोष कार्की र श्याम साह चयन भएका छन् । सम्पूर्ण कार्यसमिति सर्वसम्मत चयन भएको संघले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL