Logo

यामाहाको चाडपर्व लक्षित ‘रेस फर दि एस’ अफर, मोटरसाइकल किन्दा १२ तोला सुन उपहार

यामाहाको चाडपर्व लक्षित ‘रेस फर दि एस’ अफर, मोटरसाइकल किन्दा १२ तोला सुन उपहार



काठमाडौं । यामाहा कम्पनीले आफ्नो कम्पनीका मोटरसाइकलको खरिद गर्दा १२ तोलासम्म सुन उपहार दिने योजना सार्वजनिक गरेको छ ।

यामाहाको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले दशै र तिहारलाई लक्ष्यित गरी नयाँ अफर सार्वजनिक गरेको हो । ‘रेस फर दि एस’ स्लोगनसहित सार्वजनिक भएको उक्त स्किम अन्तर्गत बम्परमा एकजना भाग्यशाली विजेताले १२ तोला सुन उपहार पाउनेछन् ।

फेस्टिभल सिजनमा यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले स्क्र्याचमार्फत न्यूनतम ८ हजारदेखि १ लाख रुपैयाँसम्म स्योर सट छुट पाउनेछन् । त्यसैगरी लक्की ड्रमार्फत हरेक हप्ता एकजना भाग्यशाली विजेताले ४ तोला सुनको एक्का तास उपहारस्वरुप पाउने बताइएको छ ।

बम्परमा भने एकजना भाग्यशाली विजेताले ४ तोला तौल भएको तीनवटा एक्का तास अर्थात १२ तोला सुन उपहार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL