Logo

आई पे रेमिट टिकटक च्यालेन्ज : २० हजार जित्ने यस्तो छ अवसर

आई पे रेमिट टिकटक च्यालेन्ज : २० हजार जित्ने यस्तो छ अवसर



काठमाडौं । रेमिट्यान्स कम्पनी आई पे रेमिटले तीजलाई लक्षित गरी टिकटक च्यालेञ्ज गर्ने घोषणा गरेको छ ।

भाद्र १४ गतेबाट सुरु हुने यस प्रतियोगितामा सहभागी हुन चाहने प्रतियोगीहरुले आई पे रेमिटको तीज गीतमा आफ्नो टिकटक भिडियो बनाइ अपलोड गर्नुपर्ने कम्पनीले जनाएको छ ।

भाद्र २४ गतेसम्ममा संचालन हुने यस टिकटक च्यालेञ्जमा सहभागी हुने एक भाग्यशाली प्रतियोगीले लक्की ड्रमार्फत बम्पर क्यास २० हजार जित्ने मौका पाउनेछन् ।

यस च्यालेञ्जमा सहभागी हुने मध्ये दैनिक ५ जनाले लक्की ड्रमार्फत ५ सयको टपअप पनि पाउने र सर्वाधिक लाइक पाएका एक प्रतियोगीले नगद १० हजार जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।

मलेशिया, जापान लगायत विश्वका विभिन्न मुलुकबाट रकम ल्याइरहेको आई पे रेमिटले रियल टाइम एकाउन्ट डिपोजिट सुविधा साथै नेपाल भर छरिएर रहेको १२ हजार प्लस भुक्तानी काउन्टरबाट ग्राहकहरुलाई सुविधा दिँदै आइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL