Logo

निर्वाण चौधरीसँग ग्लोकल २० अन्डर २० का प्रतिस्पर्धीले गरे अन्तरक्रिया

निर्वाण चौधरीसँग ग्लोकल २० अन्डर २० का प्रतिस्पर्धीले गरे अन्तरक्रिया



काठमाडौं । ‘वाइ वाइ ग्लोकल टिन हिरो नेपालको सातौं संस्करणमा छानिएका उत्कृष्ट किशोर किशोरीहरुले सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशन निर्वाण चौधरीसँग अन्तरक्रिया गरेका छन् ।

चौधरीले आफुलाई किशोर किशोरीहरूबाट प्रेरणा मिलेको र सधैं उनीहरुको कार्यमा सहयोग गर्ने बताए । किशोर किशोरीहरूसँग अन्तरक्रिया गर्न पाउँदा गौरव महसुस भएको पनि उनले बताए ।

हाम्रो समाज र देशको सुधारको लागि युवाहरुको योगदान अपरिहार्य रहेको भन्दै उनले किशोर किशोरीहरुलाई निरन्तर मिहिनेत एवं लगनशील हुन सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL