Logo

नेपालमै अमेरिकी ब्रान्डको आरसी कोला उत्पादन शुरु, ६ भेरियन्टमा उपलब्ध

नेपालमै अमेरिकी ब्रान्डको आरसी कोला उत्पादन शुरु, ६ भेरियन्टमा उपलब्ध



काठमाडौं । अमेरिकी ब्रान्डको उत्कृष्ट पेय पदार्थ आरसी कोला नेपालमा पनि उत्पादन शुरु भएको छ । कुल ५० करोड लागतमा भेञ्चुरा बोटलर्स प्रालिले मकवानपुरमा उद्योग प्लान्ट स्थापना गरि आरसी कोलाको औपचारिक उत्पादन शुरु गरेको हो ।

laxmi

हल्का कार्बोनेटेड पेय उत्पादन रुपमा हालैमात्र उत्पादन थालनी गरेको कम्पनीले आइतबारदेखि बजारमा आरसी कोला औपचारिक रुपमै सार्वजनिक गरेको छ । माइट्टी रेन, आर सी क्यू लेमन लाइम, आर सी क्यू अरेञ्ज, जियर अप, जी पावर, कार्बोनेटेड वाटर र वाटर गरि ६ भेरियन्टमा उपलब्ध आरसी कोला देशैभरिका खुद्रा तथा कोल्ड स्टोरहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

६७ भन्दा बढी देशमा उपलब्ध आर सी कोलालाई नेपाल भित्र्याई विशुद्ध नेपाली लगानी र परिवेशमा उत्पादन थालनी गरेको कम्पनीले जनाएको छ । यसको उत्पादनका लागि आवश्यक पर्ने कन्सन्ट्रेटेड कच्चा पदार्थ अमेरिकाको जर्जिया राज्यको कोलम्बसबाट आयात गरिने तर अत्याधुनिक प्लान्टमा अमेरिकी स्तरको प्रकृयामा नेपाली पानीको समिश्रणबाट आरसी कोला तयार गरिने कम्पनीको भनाइ छ ।

आरसी कोला सन् १९०५ मा संयुक्तराज्य अमेरिकाबाट उत्पादन सुरु भएको हो । उक्त उत्पादनहरुको संयुक्तराज्य अमेरिकाको खाद्य तथा औषधी प्रशासन (एफडिए), युरोपियन खाद्य सुरक्षा निकाय (इएफएसए) का साथै एशिया र अफ्रिकाका विभिन्न खाद्य सुरक्षासँग सम्बन्धित निकायहरूबाट समेत अनुमोदन तथा नियमन हुँदै आएको छ । उत्पादनको स्तर र उपभोक्ता हितप्रतिको प्रतिवद्धतालाई कम्पनीको पहिलो प्राथमिकता रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL