Logo

स्मार्ट डोकोको ‘रक्षाबन्धन अफर’ : हरेक दिन क्रेन फेसियल मिस्टर जित्न सकिने

स्मार्ट डोकोको ‘रक्षाबन्धन अफर’ : हरेक दिन क्रेन फेसियल मिस्टर जित्न सकिने



काठमाडौं । आईएमएस ग्रुपले प्राप्ति गरेको यस इकमर्स कम्पनी स्मार्ट डोकोले ‘रक्षाबन्धन अफर’ ल्याएको छ ।

यस अफर अन्तर्गत ग्राहकले हरेक दिन क्रेन फेसियल मिस्टर जित्न सक्नेछन् । साथै आफ्ना दाजुभाई तथा दिदी बहिनीको फोटो प्रिन्ट भएको एउटा केक पनि जित्न सक्नेछन् ।

ग्राहकले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाइन भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक (५०० सम्म), साथै माछापुच्छ्रे बैंकको डेबिट र क्रेडिट कार्डबाट अनलाइन भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक (५०० सम्म)को छुट पाउनेछन् ।

स्मार्ट डोकोले रक्षाबन्धनको अवसरमा आकर्षक उपहार योजना समेत ल्याएको छ । साथै पर्फ्युम, स्मार्ट वाच, वालेट, कुर्ता, टप्स, ज्वेलरी लगायतका गिफ्ट आइटममा बेस्ट डिल तथा डिस्काउन्ट अन्तर्गत ६० प्रतिशतसम्म छुटको अफर ल्याएको छ । ग्राहकहरुले अफर प्राप्त गर्नका लागि स्मार्ट डोको एप डाउनलोड गर्नुपर्ने छ र स्मार्टडोको वेबसाइटमा गई अर्डर गर्नुपर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL