Logo

अन्ततः प्राधिकरणमा कुलमानको ‘कमब्याक’, पदभार ग्रहण गर्दै

अन्ततः प्राधिकरणमा कुलमानको ‘कमब्याक’, पदभार ग्रहण गर्दै



काठमाडौं । अन्ततः नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा ११ महिनापछि पुनः कुलमान घिसिङको कमब्याक भएको छ । सरकारले सोमबार नै प्राधिकरणको प्रबन्ध निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

laxmi

घिसिङले आज २ बजे प्राधिकरणमा पदबहाली गर्ने बिजखबरसँगको कुराकानीमा बताए । ‘आजै नियुक्तिको पत्र बुझेर २ बजे प्राधिकरणमा पदबहाली गर्दैछु’, घिसिङले बताए । उनी यसअघि ४ वर्षे कार्यकाल पूरा गरी बिदा भएपनि आम जनताको चाहना उनी नै नेतृत्वमा दोहोरिउन भन्ने थियो । तर, तत्कालीन केपी शर्मा ओली सरकारले उनलाई पुनर्नियुक्ति दिएको थिएन ।

घिसिंङको पालामा नेपाल विद्युत प्राधिकरणमा विभिन्न सुधारका काम भएका थिए । उनकै पालामा चुहावट नियन्त्रण र लोडसेडिङ अन्त भएको थियो । ओली सरकारले नियुक्त गरेका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यलाई नयाँ सरकारले प्राधिकरणबाट हटाएर जल तथा उर्जा आयोगको सचिवालयमा पदस्थापन गर्ने निर्णय गरेको थियो। उनलाई मन्त्रिपरिषदको बैठकले विशिष्ट श्रेणीमा समेत बढुवा गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL