Logo

पर्यटन प्रवर्द्धन तथा संस्कृति समिति गठन, सबै एकजुट भएर पर्यटन क्षेत्र प्रवर्द्धनमा लाग्न मल्लको आग्रह

पर्यटन प्रवर्द्धन तथा संस्कृति समिति गठन, सबै एकजुट भएर पर्यटन क्षेत्र प्रवर्द्धनमा लाग्न मल्लको आग्रह



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पर्यटन प्रवद्र्धन तथा संस्कृति समिति गठन भएको छ । बुधबार व्यवसायी अर्जुन शर्माको सभापतित्वमा चेम्बरको उक्त समिति गठन गरिएको हो ।

laxmi

उक्त समितिको सदस्यमा दीपक राज जोशी, हिक्मत सिंह ऐर, बिनय वस्नेत, युवराज श्रेष्ठ, खुम वहादुर सुवेदी, जनक राज कालाखेती, बिक्रम पाण्डे, हरी प्रसाद धरेल, र देवचन्द्रलाल कर्ण मनोनित भएको छ । मनोनित सदस्य र सभापतिलाई चेम्बर अध्यक्ष राजेन्द्र मल्लले मनोनयन पत्र प्रदान गरे ।

उतm अवसरमा अध्यक्ष मल्लले कोभिड १९ को महामारीले नेपालको पर्यटन क्षेत्र बढि प्रभावित भएकोले यस क्षेत्रको प्रवद्र्धनका लागी पर्यटन क्षेत्र संग आवध्द्ध सवै निकायहरु लाग्नु पर्ने बताएका छन् । यस्तै उनले उक्त समितिमा नेपालको पर्यटन प्रवद्र्धन तथा संस्कृति क्षेत्रको विकासमा लामो अनुभव हाशिल गरेका व्यवसायीक प्रतिनिधित्व भएकोले चेम्बरको पर्यटन प्रवद्र्धन तथा संस्कृति क्षेत्रमा गरिने प्रयासमा महत्वपूर्ण भूमिका निर्वाह हुने अपेक्षा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL