Logo

डिशहोम फाइबर नेट सेवा अब जनकपुरमा, छिटै नेपालका प्रमुख शहरमा विस्तार हुने

डिशहोम फाइबर नेट सेवा अब जनकपुरमा, छिटै नेपालका प्रमुख शहरमा विस्तार हुने



काठमाडाैं । डिशहोम फाइबर नेट सेबा जनकपुरमा पनि विस्तार भएको छ । काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर र विराटनगरमा यसअघि नै डिशहोम फाइबर नेटको सेवा पुगिसकेको छ ।

समग्र नेपालमा पुग्ने लक्ष्य सहित डिशहोम फाइबर नेट हाल जनकपुरमा पनि विस्तार गरिएको कम्पनीले जनाएको छ । छिटै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगंज लगायत अन्य स्थानमा पनि यो सेवा विस्तार हुने डिशहोमले जनाएको छ ।

शहोम फाइबर नेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवका साथ डिशहोम टीभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम गो एपर एक्सभीओडी जस्ता सुविधाहरु उपलब्ध रहेको डिशहोमले जनाएको छ । फाइबर नेटका योजनाहरु १० एमबीपीएस देखि १०० एमबीपीएससम्म उपलब्ध रहेको पनि डिशहोमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL