Logo

डिसहोमको फाइबरनेट धरानमा पनि, सेवा देशैभर विस्तार गर्दै

डिसहोमको फाइबरनेट धरानमा पनि, सेवा देशैभर विस्तार गर्दै



काठमाडौं । डिसहोमले हालैमात्र थालनी इन्टरनेट सेवा फाइबरनेट देशैभरी तीब्र रुपमा विस्तार गरिरहेको छ । सन् २०२० बाट मात्रै टिभीका साथै इन्टरनेट सेवा समेत प्रस्तुत गरेको कम्पनी हाल काठमाडौंसहित मुख्य मुख्य शहरमा धरानमा समेत आफ्नो फाइबरनेट सेवा विस्तार गरेको हो ।

डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागी डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम गो एप र एक्सभोड जस्ता विभिन्न सुविधाहरु उपलब्ध गराएको छ ।

फाइबरनेटका योजनाहरुमा कम्पनीले न्यूनतम १० एमबीपीएस देखि अधिकतम १०० एमबीपीएस सम्मको इन्टरनेट सेवा प्रवाह गरिरहेको छ । हाल काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, ढल्केबर र बिराटनगरमा फाइबरनेट सेवा प्रदान गरिरहेको कम्पनीले थप सेवा धरानमा विस्तार गरेकोमा अब छिटै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, जनकपूर, विरगंज लगायत अन्य स्थानमा समेत विस्तार गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL