Logo

कोका–कोलाको नयाँ टेलिभिजन विज्ञापन, ‘घरमा साथ कोकसँग खास’

कोका–कोलाको नयाँ टेलिभिजन विज्ञापन, ‘घरमा साथ कोकसँग खास’



काठमाडौं । कोका–कोलाको नयाँ टेलिभिजन विज्ञापन ‘घरमा साथ कोक सँग खास’ सुरु भएको छ । कोका–कोलाको नयाँ टिभी सीमा भावनाहरु झल्किएको देखिन्छ । जसमा घरमा पकाएको खानाको साथ रिफ्रेसिंङ कोकको स्वादसँग मज्जा लिएको देख्न पाइन्छ । ‘घरमा साथ कोक सँग खास’ ट्याग लाइनका साथ यस अभियानले ‘टुगेदर टेस्ट बेटर’ भन्ने सन्देश प्रदान गरेको छ । यसले हाम्रो घरमा पकाएको खाना, स्वाद र एकताका साथ अझ बढी विशेष हुन्छ भन्ने कुरा दर्शाएको छ ।

यो विज्ञापनमा विभिन्न नेपाली खानाहरु देख्न सकिन्छ जसमा तीन परिवार र साथीहरूको समूहले विभिन्न परिकारहरूको खाना पकाएर कोकसँगै रमाइलो गरिरहेका छन् । नयाँ विज्ञापनबारे कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर श्री आदर्श अवस्थीले भने, ‘महामारीको सिकार हुँदा मानिसहरूले आफ्ना परिवारसँग मिलेर नयाँ नयाँ परिकारहरूको परिक्षण गर्दै विभिन्न खानाहरु बनाउन सिक्दै गएँ, जो जसको पहिले खाना बनाउनेमा रुचि थिएन उनीहरु पनि यसमा अग्रसर हुँदै गए । यो नयाँ विज्ञापन यी क्षणहरूबाट प्रेरित छ जुन हामीमाझ सँधै रहन्छ। कोक यी मनमोहक क्षणहरूको एक हिस्सा भएको छ । परिवारहरूले खाना पकाउने, खाने र घरमा सँगै बन्धन जारी राख्ने क्रममा, हामी आशा गर्दछौं कि यस भिडियोको अन्तर्निहित भावनाले मानिसहरूको मन मुटुलाई छुनेछ र उनीहरूलाई आफ्नो घरको खाना खाँदा कोकको बोतलको आवश्यकताको महसुस हुनेछ ।’

टीभीसी कोका–कोलाको विश्वव्यापी अभियान ‘टुगेदर टेस्ट बेटर’ र नेपालको स्थानीयकृत ‘कोक एण्डमिल्स’ विस्तार हो, जसमा देशको संस्कृति, खाना र जनताको प्रतिबिम्ब झल्किएको छ । यस अभियानको माध्यमबाट कोका–कोलाको उद्देश्य भनेको कोका–कोलाको साथ घरमै पकाएको खानामा एकरूपता मनाउन मानिसहरूलाई प्रेरित गर्नु हो र अभूतपूर्व समयको विशेष क्षणहरूलाई सम्झनु भएको सो कम्पनीले जनाएको छ ।

बोतलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डे भने, ‘हामी धेरै समय घरमै बिताउँदा हामीले खाना पकाउने र सँगै खाने जस्तो विशेष र साधारण क्षणहरूलाई पुनः जगाउँदछौं र कोका–कोला सधैं पेय पदार्थको नाममा एक पर्फेक्ट बेभेरेजको रुपमा चिनिँदै आएको छ । यस टिभीसी मार्फत हामी उपभोक्ताहरूलाई घरमा पकाएको खाना र कोकको रिफ्रेसिंङ स्वादका साथ नजिकका र प्रियजनहरूका साथ क्षणको कदर गर्न प्रेरित गर्दछौ ।’

प्रतिक्रिया दिनुहोस्
MBL