Logo

वाइवाइ नयाँ स्वादमा, डायनामाइट एक्स्ट्रा स्पाइसी चिकेनको बिक्री सुरु

वाइवाइ नयाँ स्वादमा, डायनामाइट एक्स्ट्रा स्पाइसी चिकेनको बिक्री सुरु



नेपालमा सर्वाधिक बिक्री हुने ‘वाइवाइ’ चाउचाउले नयाँ स्वाद थप गर्दै उत्पादन र बिक्री सुरु गरेको छ । ‘डायनामाइट एक्स्ट्रा स्पाइसी चिकेन’ स्वादको वाइवाइ १०० ग्राम तौलको प्याकमा उपलब्ध छ । जसको बजार मूल्य ५० रुपैयाँ कायम गरिएको छ ।

यो चाउचाउको प्याकमा सिजनिङ स्यासे, स्वाद बढाउने मसला पेस्ट र सुकाइएका तरकारी राखिएका छन् । यो नयाँ उत्पादन पनि अन्य स्वादका चाउचाउ जसरी नै पकाउन सकिन्छ । वाईवाई चाउचाउलाई प्याकेट खोलेर उम्लिरहेको पानीमा हाल्ने, ५ मिनेटसम्म पाक्न दिने, त्यसपछि प्याकेटमा भएका मसला स्वादहरू मिसाएर राम्ररी चलाउने गरेपछि आफ्नो रुचि अनुसारका अन्य साग सब्जी र माछा मासु पनि मिसाउन सकिन्छ ।

वाइवाइ सबै उमेर समूह र समुदायमा प्रिय र नेपालमै सर्वाधिक रुचाइएको चाउचाउ हो । यो सामान्य खुद्रा पसलदेखि भव्य सुपर मार्केटसम्म सजिलै उपलब्ध हुन्छ । पकाएर वा त्यत्तिकै पनि खान सकिने वाइ वाइलाई नेपालभर ‘स्टेपलफुड’ का रूपमा पनि उपभोग गर्ने गरिएको छ । वाइवाइ चाउचाउ हाल २७ फरक स्वादमा उपलब्ध छ । अन्य नयाँ स्वाद पनि थपिँदै जानेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL