Logo

संशोधित नेपाल भारत रेल्वे सम्झौताको चेम्बरले गर्याे स्वागत, वैदेशिक व्यापार सन्तुलनमा टेवा पुग्ने

संशोधित नेपाल भारत रेल्वे सम्झौताको चेम्बरले गर्याे स्वागत, वैदेशिक व्यापार सन्तुलनमा टेवा पुग्ने



काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले नेपाल भारतबीच सम्पन्न संधोधित रेलवे सम्झौताकोे स्वागत गरेको छ । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले संशोधित प्रावधानहरु अनुसार प्रस्तुत सम्झौता दुवै देश बीचको व्यापार तथा पारवहन सम्बन्धमा कोशेढुंगा हुने बताएका छन् । उनले यसका लागि दुवै देशका सरकारलाई धन्यवाद समेत दिएका छन् ।

अध्यक्ष मल्लले यसबाट नेपालको वैदेशिक व्यापारमा ठूलो सघाउ पुग्ने वताउँदै चेम्वरले बिगत धेरै समय देखि व्यवसायीक लागत घटाउन पारवहन लागतमा कमी हुनु पर्नेमा जोड दिदै आएकोमा यस संशोधित सम्झौताले पारवहन लागतमा कमी हुन गइ नेपाली उत्पादनका मालवस्तुहरु प्रतिस्पद्र्धी हुने बिश्वास राखे । उनले यसबाट वैदेशिक व्यापार सन्तुलनमा टेवा पुग्ने समेत उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This