Logo

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उद्घाटन, ७६ मेवा विद्युत उत्पादन सुरु

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उद्घाटन, ७६ मेवा विद्युत उत्पादन सुरु



काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भर्चुअल माध्यमबाट राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीको उद्घाटन गरेका हुन् ।

laxmi

आज गरिएको उद्घाटनपश्चात ४ सय ५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाटको पहिलो युनिट बिजुली उत्पादन सुरु भएको छ । माथिल्लो तामाकोशीमा ७६ ७६ मेगावाटका ६ वटा युनिट छन् । भदौ महिनाभित्रै सबै युनिटबाट पूर्ण क्षमतामा बिजुली उत्पादन गर्ने लक्ष्य आयोजनाको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL