Logo

एनएस क्वालिटी अवार्ड–२०१९ बाट सम्मानित शिवम् सिमेन्ट अब ५३ ग्रेड तथा ४३ ग्रेडमा उपलव्ध

एनएस क्वालिटी अवार्ड–२०१९ बाट सम्मानित शिवम् सिमेन्ट अब ५३ ग्रेड तथा ४३ ग्रेडमा उपलव्ध



काठमाडौं। नेपालमै पहिलो पटक नेपाल गुणस्तर तथा नापतैल विभागबाट एनएस–५७२ द्धारा प्रमाणित शिवम् सिमेन्टले एनएस(५७२ अन्र्तगत ५३ ग्रेड सिमेन्टको पनि इजाजत प्राप्त गरी उत्पादन सुरु गरेको छ । शिवम् यस अघि ४३ ग्रेड ओ।पि।सी। सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी हुन सफल भएको थियो । ५३ ग्रेडको सिमेन्ट उत्पादनको अनुमती संगै शिवम् सर्वोउत्कृष्ट ओपिसी सिमेन्ट उत्पादन साथै विक्रि वितरण गर्ने तथा एनएस क्वालिटी अर्वाड–२०१९ बाट पुरस्कृत नेपालकै पहिलो सिमेन्ट कम्पनी बन्न सफल भएको छ ।

ओपिसि सिमेन्ट मात्रै उत्पादन गर्दै आईरहेको शिवम् सिमेन्टले निरन्तर गुणस्तरिय उत्पादनकै कारण सिमेन्ट जगतमै पहिलो पटक एनएस क्वालिटी अर्वाड–२०१९ बाट सम्मानित भएको थियो । शिवमले गुणस्तरिय उत्पादनकै प्रतिफल स्वरुप फेरी एनएस–५७२ को अनुमति तथा मान्यता प्राप्त गरी ५३ ग्रेड तथा ४३ ग्रेडको सिमेन्ट उत्पादन अनुमती संगै आफ्नो निरन्तरको गुणस्तरिय उत्पादनलाई प्रमाणित गरेको कम्पनीले जनाएको छ । 


यस भन्दा पहिला नेपाल गुणस्तर तथा नापतौल विभागले एनएस–४९ प्रामाणिकरण गर्दै आईरहेको थियो जस अन्तर्गत उत्पादित सिमेन्टहरु कुनै पनि ग्रेड उल्लेख नगरी बजारमा उपलव्ध थिए । नेपालमा एनएस ४९ को मापदण्ड अनुरुप उत्पादन तथा बिक्री वितरणको मान्यता दिदै आएको गुणस्तर तथा नापतौल विभागले सिमेन्टको उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले एनएस–५७२ को अवधारणा सहित ग्रेडिङ सिस्टमबाट सिमेन्टको गुणस्तर मापन कार्य अगाडि बढाएको हो । 

कुनै पनि सिमेन्ट कम्पनीले ५३ ग्रेड अथवा ४३ ग्रेडको सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्न एनएस–५७२ प्रमाणिकरण अनिवार्य गर्नु पर्ने भएको छ । जसका लागि नेपाल गुणस्तर तथा नापतैल विभागले विभिन्न तह–तहमा चुनढुङ्गा, कच्चापदार्थहरु, उत्पादन प्रक्रिया, उत्पादित ल्किङ्कर र सिमेन्टको लामो समयसम्म परिक्षण गरी एनएस–५७२ बमोजिमको गुणस्तर कायम भएको ल्याव परिक्षण समेतका आधारमा गुणस्तरको चेक गरी प्रमाणिकरण गरिने छ । 

ग्राहकहरुकै भरोसाले बनेको युगौं युग अटुट सम्बन्ध रहिरहने प्रतिवद्धता सहित देशको विभिन्न ठुला–ठुला राष्ट्रिय गौरवका आयोजनाहरुमा आफ्नो महत्वपुर्ण भुमिका निभाउदै आएको यस शिवम् सिमेन्टको उत्पादन गुणस्तरिय भएको प्रमाणित भई उक्त अवार्ड प्राप्त गर्न सफल भएको छ । शिवम् सिमेन्टले ओपिसि सिमेन्ट मात्र उत्पादन गर्दै आइरहेको  छ ।
“भरोसा अटुट सम्बन्धको”, “गुणस्तरको पहिचान हो शिवम्”, “गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ” तथा “क्वालिटीको  मामलामा नो कम्फ़्रोमाइज्” जस्ता मुल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ ।

सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपिसी सिमेन्ट बन्न सफल भएको हो ।

नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा आइएआइ, यूआरएस प्रमाणित आइएसओ प्रमाणपत्र प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL