Global_Ime

अटोमोबाइल क्षेत्रका कर्मचारीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन नाडाको माग


बिजखबर संवाददाता
28 June, 2021 2:32 pm

मौद्रिक नीतिबाट असन्तुष्ट नाडा एशोसिएसन, भन्छ हाम्रा माग पुरा गरिएन

काठमाडौं । अटोमोबाइल क्षेत्रका कर्मचारीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले माग गरेको छ ।

Yamaha

सरकारले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै अटोमोवाइल वर्कशप, शोरुम तथा स्पेयर पार्टससमेत तोकिएको समयमा मात्र खुला हुनेगरी निर्देशिका जारी गरिसकेको छ ।

ती क्षेत्रमा कार्यरत व्यवसायी, कर्मचारी र विशेषगरी मजदुरहरुका लागि खोप उपलब्ध नभएको स्थितिमा व्यवसायमा संलग्न भई आफ्नो कार्यमा लाग्नु उच्च जोखिम हुने नाडाले जनाएको छ ।

यो विषम परिस्थितिमा अटोमोवाइल वर्कशप, शोरुम तथा स्पेयर पार्टस पसलहरुमा काम गर्ने व्यवसायीहरु, कर्मचारीहरु, टेक्निसियनहरु र विशेषगरी ठूलो संख्यामा देशमा छरिएर रहेका श्रमिकहरुका लागि कोभिड १९ विरुद्धको खोप यथासक्य छिटो उपलब्ध गराइदिने व्यवस्थाका लागि नाडाले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Nepal_telecom