Logo

एनबीआईको पहल, देशका विभिन्न अस्पताललाई ६ थान अक्सिजन प्लान्ट प्रदान

एनबीआईको पहल, देशका विभिन्न अस्पताललाई ६ थान अक्सिजन प्लान्ट प्रदान



काठमाडौं । नेपालका निजी क्षेत्रका अग्रणी संस्थाहरुको सहभागीता रहेको राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) नामक फोरमले अस्पतालहरुलाई ६ थान अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ ।

एनबीआईले मकवानपुर उद्योग वाणिज्य संघको सहयोगमा हेटौंडा अस्पताललाई, आइएमई फाउन्डेशनको सहयोगमा शुक्रराज संक्रामक तथा सरुवा रोग अस्पताल टेकुलाई अक्सिजन प्लान्ट उपलब्ध गराएको छ ।

त्यस्तै, कीर्तिपुर नगरपालिकोको ७५ प्रतिशत र एनबीआईको २५ प्रतिशत सशयोगमा कीर्तिपुर अस्पताल, जनमैत्रिी अस्पताल बालाजुलाई अक्सिजन प्लान्ट उपलब्ध गराएका छन् ।

७ करोड ६८ लाख मूल्य बराबरका उक्त अक्सिजन प्लान्हरु टर्कीबाट ल्याइएका हुन् । यी प्लान्ट जडान गर्न र नेपालका प्राविधिकलाई तालिम प्रदान गर्न टर्कीबाट प्राविधिकहरुसमेत आएको एनबीआईले जनाएको छ । ३६ क्युविक मिटर प्रतिघण्टाका दरले अक्सिजन उत्पादन गर्न सक्ने यी प्लान्टहरुले प्रति प्लान्ट २ सय शय्याका अस्पताललाई अक्सिजन आपूर्ति गर्न सक्ने बताइएको छ ।

असल व्यवसायिक अभ्यास, संस्थागत सामाजिक उत्तरदायित्व, उद्यमशीलता प्रवर्द्धन र समावेशी आर्थिक विकासका लागि २०६२ सालमा स्थापना भएर उक्त फाेरम क्रियाशील रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL