Logo

डीएफएसकेको मनसुन अफर : १० लाख डाउनपेमेन्टमा ग्लोरी ५६०, ग्लोरी ५६०मा ३ लाख नगद छुट

डीएफएसकेको मनसुन अफर : १० लाख डाउनपेमेन्टमा ग्लोरी ५६०, ग्लोरी ५६०मा ३ लाख नगद छुट



काठमाडौं। डिएफएसकेको नेपालका लागि आधिकारीक विक्रेता कुजु नेपालले मनसुन अफर सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको मनसुन अफरमा डिएफएसके गाडी किन्ने ग्राहकले सुरुमा १० लाख रुपैयाँ डाउन पेमेन्ट गरेर गाडी किन्न सक्नेछन्। कम्पनीले विक्री गर्दै आएको ग्लोरी ५६० र ग्लोरी आई अटोमा स्किम संचालन गरेको हो ।

ग्लोरी ५६० किन्ने ग्राहकले १० लाख डाउन पेमेन्ट गरेर गाडी किन्नसक्नेछन् भने आई अटो किन्न चाहनेले १५ लाख रुपैयाँ डाउन पेमेन्ट वापत तिर्नुपर्ने हुन्छ।​ कुजु नेपालले ग्लोरी ५६० मा ३ लाख नगद छुट, ५० हजार एक्सचेन्ज वोनस, एक वर्षको वार्षिक कर दिने घोषणा गरेको छ। डिएफएसके आई अटोमा भने ग्राहकले ३लाख ५० हजार नगद छुट पाउनेछन्।

यस्तो छ ग्लोरी ५६०
ग्लोरी ५६० मा यूरो ५ मापदण्डको इन्जिन दिइएको छ । यसमा रहेको १.५ लिटर टर्बो पेट्रोल इन्जिनले अधिकतम ५७०० आरपीएममा १४८ बीएच पावर र १८०० देखि ४००० आरपीएममा २३० एनएमटर्क प्रदान गर्छ। यसमा ६ स्पीड म्यानुएल र अटोमेटिक गेअर दिइएको छ। साथै, ५० लिटरको इन्धन ट्याङ्क उपलब्ध रहेको छ।

ग्लोरी५६० ग्लोबल एनक्यापबाट क्र्यास टेष्टमा फाइभ स्टार रेटिङ प्राप्त गरेको एसयूभी हो। यसको ४ वटै पाङ्ग्रामा डिस्क ब्रेक दिइएको छ। १७ इन्चको अलोय ह्वील, एयर व्याग, सिट बेल्ट रिमाइन्डर, एबीएस, इबीडी, इन्जिन मोबिलाइज, आलर्म सिस्टम, स्पीड सेन्सिङ अटो लक, क्र्यास अटो अन लक जस्ता फिचर पाउन सकिन्छ।

ग्लोरी ५६० मा सफ्ट टच ड्यासबोर्ड दिइएको छ भने, ड्यास बोर्डमा ८ इन्चको फ्लोटिङ इन्फोटेनमेन्ट डिस्प्ले छ। रिभाइज क्यामेरा, पुस स्टार्ट/स्टप बटम, किले इन्ट्री जस्ता विशेषता यसमा पाउन सकिने कम्पनीले जनाएको छ । नेपालमा ग्लोरी ५६० को मूल्य ५८ लाख ५० हजार रुपैयाँ तोकिएको छ।

ग्लोरी आई अटो
डिएफएसके ग्लोरी आई–अटो एक इन्टेलिजेन्ट एसयूभी हो । यसमा रहेका धेरै फिचरहरु भ्वाइस कमान्डबाट चलाउन सकिन्छ । यसमा आइ टक नामको एस भ्वाइस कमान्डको विशेषता पाउन सकिन्छ । यसको सहायताले हाई ग्लोरी कमान्ड दिएर गाडीलाई विभिन्न खालको कार्य गराउन सकिन्छ।

यसमा रहेको कार कन्ट्रोल कमान्डबाट सजिलै क्लाइमेट कन्ट्रोल चलाउने, आगाडि पछाडिको झ्यालको ग्लास खोल्ने बन्द गर्ने, सन रुफ खोल्ने बन्द गर्ने आदि कार्यहरु गाडी चलाउँदा चलाउँदै बोलेरै गर्न सकिन्छ । त्यस्तै गाडी चलाइरहेको अवस्थामा जीपीएस खोल्ने र बन्द गर्ने भ्वाइस नेभिगेसन तथा ब्लुटुथ र वाईफाई सवैको लागि आवाज दिए पुग्छ। यी र यस्ता १ सय भन्दा बढी भ्वाइस कमान्ड दिन सकिने कम्पनीले जनाएको छ।

१८ इन्चको अलोय ह्वील, अगाडि र पछाडि दुवैतर्फ एलइडी लाइट, दुईवटा एग्जस्ट पाइप, पानारोमिक सन रुफ तथा रुफ रेलले ग्लोरी आई–अटोलाई स्पोर्टी बनाएको छ।​ ग्लोवल एन क्याप क्र्यास टेष्टमा फाइभ स्टार रेटिङ पाएको यो एसयूभीमा सुरक्षाका लागि अगाडि ४ वटा एयर व्याग, चारै चक्कामा डिस ब्रेकको प्रयोग गरिएको छ। यस एसयूभीमा इएसपी ब्रेकिङ सिस्टम दिइएको छ। जसमा एबीएस, इबीडी तथा इबीए (इमेर्जेन्सी ब्रेक असिस्ट) जस्ता फिचरहरुको सहायताले जस्तोसुकै परिस्थितिमा गाडीलाई रोक्न सकिने कम्पनीको दावी छ।

प्रतिक्रिया दिनुहोस्
MBL