Logo

शाओमी ‘रेड्मी नोट १० एस’ नेपाली बजारमा , कति छ मुल्य ?

शाओमी ‘रेड्मी नोट १० एस’ नेपाली बजारमा , कति छ मुल्य ?



काठमाडौं । शाओमीले नेपालमा रेडमी नोट १० एस सार्वजनिक गरेको छ । रेडमी नोट १० एस एक स्लिक डिजाइन, स्टनिङ क्यामेरा, स्याभेज पर्फमेन्स र स्मुथ डिस्प्लेको साथ बजारमा आएको कम्पनीले जनाएको छ ।

यो पहिलो उपकरण हुनेछ जुन अहिलेसम्मको क्लिनेस्ट मीयुआई एक्सपेरियन्स आउट–अफ–द–बक्सको मीयुआई १२.५(अन्तरिम) को साथमा उपलब्ध हुनेछ ।

यो फोनमा ६.४३ इन्चको एमोलेड डिस्प्ले रहेको छ । एन्ड्रोइडको पछिल्लो अपरेटिङ सिस्टम एन्ड्रोइड ११ मा चल्ने यो फोन मिडियाटेक हेलियो जी९५ चिपसेटले सञ्चालित छ ।

फोनको पछाडि चार वटा क्यामेरा सेटअप छ, जसअन्तर्गत ६४ मेगापिक्सेलको प्राइमेरी सेन्सर, ८ मेगापिक्सेलको अल्ट्रावाइड, २ मेगापिक्सेलको म्याक्रो र २ मेगापिक्सेलकै डेप्थ सेन्सर रहेको छ । त्यस्तै १३ मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।

फोनमा रहेको ५ हजार एमएएचको ब्याट्रीका लागि ३३ वाट फास्ट चार्जिङ सपोर्ट रहेको छ । नेपाली बजारमा ६/६४ जीबी भेरियन्टको मूल्य २४,९९९ रूपैयाँ र र ६/१२८ जीबी भेरियन्टको मूल्य २६,९९९ रूपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL