Logo

शिवराज नगरपालिकामा अशोक लेलैण्डको सुविधा सम्पन्न बारुण यन्त्र, नेशनल फायर सेफ र आइएमई मोटर्सको संयुक्त प्रयास

शिवराज नगरपालिकामा अशोक लेलैण्डको सुविधा सम्पन्न बारुण यन्त्र, नेशनल फायर सेफ र आइएमई मोटर्सको संयुक्त प्रयास



काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवर्धित अशोक लेलैण्डले कपिलबस्तु स्थित शिवराज नगरपालिकालाई सुबिधा सम्पन वारुणयन्त्र (दमकल) हस्तान्तरण गरेको छ ।

उक्त वारुणयन्त्र (दमकल) नेशनल फायर सेफ र आइएमई मोटर्सको संयुक्त प्रयासमा नगरपालिकालाई हस्तान्तरण गरिएको हो । शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीलाई सो वारुणयन्त्र (दमकल) आइएमई मोटर्सका कर्पोरेट सेल्स हेड सुशिल राणा थापाले हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख अधिकारीले ‘सुबिधा सम्पन्न वारुणयन्त्र (दमकल) आफ्नो नगरपालिकामा पहिलो पटक खरिद गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउँदै आगलागीका घटनामा नगरवासीको जीऊ धनको रक्षा गर्न र क्षतिको रोकथामको लागि दमकल उपयोगी साबित हुने विश्वास लिएको बताए ।

अशोक लेलैण्डको १२१२ इकमेट मोडलको च्यासिसमा बनाइएको दमकलमा ४ हजार लिटर पानी अट्ने क्षमता रहनका साथै दमकलमा ५०० लिटर फोम भर्न सकिन्छ । जसबाट गर्दा आगलागी भएको ठाउँमा छिटै र सजिलै धनजनको क्षती हुनबाट रोक्न सकिन्छ । यस प्रकारको अत्याधुनिक वारुणयन्त्र अग्नि नियन्त्रण कार्यमा उपयोगी हुनुका साथै नेपालको भौगोलिक वातावरण मैत्री भएको हुनाले यसको कार्यक्षमता निकै राम्रो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL