Logo

वाईवाई ग्लोकल टिन हिरो नेपाल सातौं संस्करणका लागि आवेदन खुल्ला !

वाईवाई ग्लोकल टिन हिरो नेपाल सातौं संस्करणका लागि आवेदन खुल्ला !



काठमाडौं । ‘वाईवाई ग्लोकल टिन हिरो’ सातौं संस्करणका लागि आवेदन खुल्ला भएको छ । किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम वाईवाई ग्लोकल टिन हिरोका लागि आवेदन खुल्ला भएको हो ।

गत वर्षझै यस वर्षपनि ग्लोकल टिन हिरो नेपाल भर्चुअल रुपमा सेप्टेम्बर १ मा हुने अनलाइन अवार्ड महोत्सव र सम्मेलन मार्फत घोषणा गरिने बताइएको छ । यस उपाधिको माध्यमबाट किशोरकिशोरीहरुमा उद्यमशील सोच विकास एवं रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गरिने आयोजकले जनाएको छ ।

नेपालबाट २०१५ मा सुरु भई, काठमाडौंका किशोरकिशोरीहरूलाई मात्र लक्षित गरेर पछि २०१६ सम्ममा यसले नेपालका सबै किशोरकिशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो ।

हालसम्म नेपालका ६ किशोर किशोरीहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ भने ग्लोकल टिन हिरो इन्डिया र श्रीलंकाबाट एकएक जना सम्मानित भएका छन् । साथै २० अण्डर २० छनोट गरेर हाल सम्म ९१ जनालाई सम्मानित गरिएको बताइएको छ । ग्लोकल टिन हिरोलाई दक्षिण एसियाली राष्ट्र बीच प्रचार गने लक्ष्य लिएको ग्लोकलले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL