Logo

पेट्रोलियम पदार्थको मूल्य २ रुपैयाँले बढ्यो, अब पेट्रोलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ

पेट्रोलियम पदार्थको मूल्य २ रुपैयाँले बढ्यो, अब पेट्रोलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ



काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाईईन्धनको मूल्य आन्तरिकतर्फ २ रुपैयाँले बढाएको छ । नेपाल आयल निगमले शनिबारदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

laxmi

१५ दिन अघि मात्रै पेट्रोलियम पदार्थको मूल्य २ रुपैयाँले बढाएको निमगले पुनः यसको मूल्य बढाएर पेट्रोल प्रतिलिटर १ सय २५, डिजेल मट्टितेल प्रतिलिटर १ सय ८ र हवाई ईन्धनको मूल्य ८० रुपैयाँ पुर्याएको हो ।

निगमले अन्तरराष्ट्रिय मूल्य अनुसार प्रत्येक पन्ध्र दिनमा पेट्रोलियम पदार्थको मूल्य स्वचालित मूल्य कार्यान्वयन कार्यविधि २०७१ अनुसार समायोजन गर्दै आईरहेको छ ।

सोहीअनुसार पछिल्लो समय भारतबाट पेट्रोलियम पदार्थको मूल्य लगातार बढेर आएपछि निगमलाई घाटा भएको निगमले जानकारी दिएको छ ।

No description available.

प्रतिक्रिया दिनुहोस्
MBL