Logo

भारतबाट मूल्य बढेर आएपनि नेपालमा पेट्रोलको मूल्य नबढ्ने, आयल निगमलाई १५ दिनमा १ अर्ब घाटा

भारतबाट मूल्य बढेर आएपनि नेपालमा पेट्रोलको मूल्य नबढ्ने, आयल निगमलाई १५ दिनमा १ अर्ब घाटा



काठमाडौं । पछिल्लो समय भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएपनि नेपालमा भने यसको मूल्य नबढ्ने भएको छ । नेपाल आयल निगमले कोरोना भाईरसको महामारीका कारण लगाईएको लकडाउनका कारण आगामी १५ दिनमा १ अर्ब घाटा हुने भयपनि मूल्य नबढ्ने जानकारी दिएको हो ।

laxmi

निगमका अनुसार पछिल्लो समय भारतबाट मूल्य बढेर आउँदा पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ७६ पैसा, डिजेलमा प्रतिलिटर ३ रुपैयाँ ४२ पैसा र एलपी ग्याँसमा प्रति सिलिण्डर ३ सय ७५ दशमलव १३ रुपेयाँ घाटा बेहोरी रहेको छ । निगमले अन्तरराष्ट्रिय मूल्य अनुसार प्रत्येक १५ दिनमा नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटबढ गर्नेगरेको छ । तर यसपाली भने निगमले मूल्य नबढाउने बताएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL