Logo

‘पब्जी मोबाइल च्याम्पियनसीप २०२१’, टिभिएस मोटर कम्पनीको प्रायोजन

‘पब्जी मोबाइल च्याम्पियनसीप २०२१’, टिभिएस मोटर कम्पनीको प्रायोजन



काठमाडौं । टिभिएस मोटर कम्पनीले ‘पब्जी मोबाइल च्याम्पियनसीप २०२१’ को लागि प्रायोजन गर्ने भएको छ ।

laxmi

च्याम्पियनसीप रेजिस्ट्रेसन वैशाख ५ देखि सुरू हुने कम्पनीले बताएको छ । प्रतियोगिताका तीन भाग्यशाली विजेताले टिभिएस एन्टर्क १२५ सुपर स्क्वाड एडिसन स्कुटर जित्ने मौका पाउनेछन् ।

यो कार्यक्रम टिभिएस मोटर कम्पनीको ब्लुतुथजडित स्कुटर टिभिएस एन्टर्क १२५ सुपरको ट्यागलाइन ‘प्ले स्मार्ट’ भनिएको छ । जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले युवाहरूलाई प्रेरित गर्नको लागि यस्ता प्लेटफर्मलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

‘जगदम्बा मोटर्समा हाम्रो लक्ष्य भनेको नेपालका युवाहरूलाई सधैं प्रेरित गर्ने र हाम्रा प्लेटफर्महरूलाई प्रोत्साहन गर्नेमा केन्द्रित भएको छ । हामीले नियमित अन्तरालमा यस्ता संस्थाहरूलाई समर्थन दिँदै आइरहेका छौं र त्यस्ता राम्रा पक्षहरू निर्माण गर्न जारी राख्नेछौं जसले देशमा टिभिएस मोटर कम्पनी उत्पादनहरूको आकांक्षा जगाउँदछ ।’

‘पब्जी मोबाइल च्याम्पियनसीप २०२१’ ले ६०० भन्दा बढी टिम, २५ स्ट्रिमिङ्घ च्यानलहरू र १६ स्ट्रिमरहरूको सहभागिताको अपेक्षा गरेको छ जसमा लोकप्रिय एनटिटी जस्तै: फोरके गेमिङ, एसके ४९ लगायत समावेश छन् । च्याम्पियनसीप आगामी ४५ दिनसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL