Logo

मेटलाइफका ग्राहकलाइ बीमा दाबी सहज, अब अनलाइनबाटै दाबी गर्न सक्ने

मेटलाइफका ग्राहकलाइ बीमा दाबी सहज, अब अनलाइनबाटै दाबी गर्न सक्ने



काठमाडौं । मेटलाइफ नेपालले यसै साता आफ्नो अनलाइन दावी इन्टिमेसन सेवा सुचारु गरेको छ । जसबाट ग्राहकहरूले आवश्यक कागजात सहित बीमा दावीहरू अनलाइन माध्यमबाट छिटो र सजिलो तरिकाले पेश गर्न सक्नेछन् ।

laxmi

यसरी अनलाइन अपलोड भएका आवश्यक जानकारी र कागजातहरु प्राप्त हुनासाथ मेटलाइफको दावी टोलीले तुरून्त दावी प्रक्रिया शुरु गर्नेछ । ग्राहकले अनलाइन दाबी प्रक्रिया पूरा गर्न सरल चरणबद्ध निर्देशनहरु अनुसरण गर्न सक्दछन् ।

अनलाइन बीमा दरखास्त, प्रीमियम भुक्तान, र केआईसी अपडेटका साथै नयाँ ग्राहक सेवा एप प्रयोगमा ल्याइसकेको मेटलाइफ नेपालले अनलाइन बीमा दाबी गर्न सकिने यो नयाँ पहल कम्पनीको सेवालाई ग्राहकहरुमाझ सरलीकृत तथा डिजिटल सेवा प्रदान गर्न चालेको अनेकन कदमहरूको एक अंश हो ।

मेटलाइफ नेपालका उपनिर्देशक तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने, ‘हामी बुझ्छौं कि बीमा दावी ग्राहकको जीवनको पीडादायक समयमा ध्यान केन्द्रित गर्ने असहज परिस्थिति हो, त्यसैले हामीले हाम्रो बीमा दावी प्रक्रियालाई सरल र सीधा बनाउने प्रयास गरेका छौं । ग्राहक केन्द्रित कम्पनीको रूपमा स्थापित हामी हाम्रा ग्राहकहरुका लागि डिजिटल अनुभवहरूको निरन्तर सुधार तर्फ अग्रसर रहिरहनेछौं जसबाट वहाँहरुले हाम्रा कार्यालयहरूमा भौतिक रूपमा उपस्थित नभई नै हाम्रा सम्पूर्ण सेवाहरू सहज रूपमा प्राप्त गर्न सक्नुहुनेछ ।’

प्रतिक्रिया दिनुहोस्
MBL